logo

तिहारको चहलपहल सुरु, धनतेरसका लागि असर्फी लिन टक्सार विभागमा भीड

    1229   पटक पढिएको


३ कात्तिक/अर्थ र व्यापार – आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।
तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु अहिलेदेखि नै राष्ट्र बैंकमा लाइनमा बसेका हुन् । सुन्धारास्थित राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।
गत वर्षको तिहारमा नै बबरमहलस्थित भाडामा लिएको घरमा मेसिन जडान गरेर परीक्षणका लागि असर्फी उत्पादन गरेको भएपनि गत चैतबाट मात्रै व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए ।
राष्ट्र बैंकले सधैं यस्तो असर्फी बिक्री गरिरहेकै हुन्छ । तर, तिहार नजिकिएपछि यस्तो असर्फीको बिक्री ह्वात्तै बढ्ने भए पनि त्यसलाई सहजीकरण गर्ने गरेको छ । सुन र चाँदीको सिक्का’ नै असर्फी हो । यो मुद्रा भए पनि चलनचल्तीमा आउने मुद्रा हैन ।
सुनलाई सिक्काको आकार दिएर बनाउने काम राष्ट्र बैंकले गर्छ । ‘असर्फी’ किन्नेहरु प्रायः उच्च र मध्यम वर्गीय परिवारका हुन्छन् । काठमाडौंमा मात्रै असर्फी बेचिने भएकाले
उपत्यकाबाहिरका सर्वसाधारणले यस्तो सुविधा पाउँदैनन् । नेपाल राष्ट्र बैंकले ३ कात्तिक बिहीबारदेखि तिहार (धनतेरस) का लागि सुन र चाँदीको असर्फी बिक्री सुरु गरेको छ ।
राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताए ।
१.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ । विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि प्रस्तव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जवाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको उनले बताए ।
उनले सुनको असर्फीको मूल्य सुनको मूल्यमा भएको घटबढ अनुसार दैनिक रुपमा तलमाथि हुने बताए । बिहीबार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७२६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ । १० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।