logo

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

    1018   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।
सरकारले कोरोना बीमाको दाबी भुक्तानीकालागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । जसमा ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी समितिले गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी दिने तयारी गरेको बताए । तर, रकम वितरण गर्नमा भने अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको उनले जानकारि दिए । उनले अर्थमन्त्रालयको स्वीकृतिपछि मात्रै बिमितलाई भुक्तानी गरिने बताए ।
सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरूले भुक्तानी प्रक्रिया रोकेका थिए । कम्पनीहरूले भुक्तानी रोकेको ५ महिना पछि सरकारले भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।
अर्थमन्त्रालयको निर्देशन बमोेजिम समितिले २०७८ सालको २५ भदौंमा विकल्पसहितका सुझावहरू बुझाएको थियो । समितिले अर्थमन्त्रालयलाई २ वटा विकल्प पेश गरेको थियो । सरकारबाट १ अर्ब रूपैयाँ प्राप्त भएपछि विकल्प नम्बर २ का आधारमा सो रकम भुक्तानी गर्न लागिएको समितिको भनाई छ ।
विकल्प २ मा भने कुल भुक्तानी हुन बाँकी रकम ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रूपैयाँलाई ४ भागमा बाँडफाँड गर्ने रहेको थियो । जसमा नेपाल सरकार ५५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत(कुल प्रिमियको २० प्रतिशत प्रत्यक्ष हिस्साको पुनर्बीमा गरिएको हुँदा), बीमा कम्पनीहरूले २५ प्रतिशत (सबै निर्जीवन बीमा कम्पनीहरूले समानुपातिक रूपमा भुक्तानी गर्नुपर्ने र बीमा समितिले ८ प्रतिशत (अर्थमन्त्रालयको निर्देशक बमोजिम समितिको कोषबाट व्यहोर्ने) थियो ।
सोही आधारमा सरकारले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत रकम भुक्तानी गर्न लागिएको हो ।
‘तत्कालका लागि सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थपगरी १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी गरेका छौं’ पौडेलले भने, ‘अर्थमन्त्रलायको स्वीकृतिपछि मात्रै भुक्तानी हुनेछ।’
यसैगरि,उनले समितिले पीसीआर टेस्टको मितिअनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको बताए । बीमा समितिका अनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले सो बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांकमा उल्लेख छ ।
सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको छ । जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रूपैयाँ बराबरको दावी भुक्तानी भएको हो ।
जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो भने कुल दाबी रकमको ३१.४८ प्रतिशतमात्रै भुक्तानी भएको हो । सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रूपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रूपैयाँ समेत गरी १२ अर्ब ३८ करोड २५ लाख ३५ हजार ६७० रूपैयाँ दिन बाँकी छ ।
कोरोना बीमा मापदण्डमा १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ । यसैगरि, २ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत् र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ । मापदण्ड अनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।