logo

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

    776   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।
सरकारले कोरोना बीमाको दाबी भुक्तानीकालागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । जसमा ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी समितिले गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी दिने तयारी गरेको बताए । तर, रकम वितरण गर्नमा भने अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको उनले जानकारि दिए । उनले अर्थमन्त्रालयको स्वीकृतिपछि मात्रै बिमितलाई भुक्तानी गरिने बताए ।
सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरूले भुक्तानी प्रक्रिया रोकेका थिए । कम्पनीहरूले भुक्तानी रोकेको ५ महिना पछि सरकारले भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।
अर्थमन्त्रालयको निर्देशन बमोेजिम समितिले २०७८ सालको २५ भदौंमा विकल्पसहितका सुझावहरू बुझाएको थियो । समितिले अर्थमन्त्रालयलाई २ वटा विकल्प पेश गरेको थियो । सरकारबाट १ अर्ब रूपैयाँ प्राप्त भएपछि विकल्प नम्बर २ का आधारमा सो रकम भुक्तानी गर्न लागिएको समितिको भनाई छ ।
विकल्प २ मा भने कुल भुक्तानी हुन बाँकी रकम ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रूपैयाँलाई ४ भागमा बाँडफाँड गर्ने रहेको थियो । जसमा नेपाल सरकार ५५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत(कुल प्रिमियको २० प्रतिशत प्रत्यक्ष हिस्साको पुनर्बीमा गरिएको हुँदा), बीमा कम्पनीहरूले २५ प्रतिशत (सबै निर्जीवन बीमा कम्पनीहरूले समानुपातिक रूपमा भुक्तानी गर्नुपर्ने र बीमा समितिले ८ प्रतिशत (अर्थमन्त्रालयको निर्देशक बमोजिम समितिको कोषबाट व्यहोर्ने) थियो ।
सोही आधारमा सरकारले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत रकम भुक्तानी गर्न लागिएको हो ।
‘तत्कालका लागि सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थपगरी १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी गरेका छौं’ पौडेलले भने, ‘अर्थमन्त्रलायको स्वीकृतिपछि मात्रै भुक्तानी हुनेछ।’
यसैगरि,उनले समितिले पीसीआर टेस्टको मितिअनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको बताए । बीमा समितिका अनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले सो बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांकमा उल्लेख छ ।
सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको छ । जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रूपैयाँ बराबरको दावी भुक्तानी भएको हो ।
जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो भने कुल दाबी रकमको ३१.४८ प्रतिशतमात्रै भुक्तानी भएको हो । सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रूपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रूपैयाँ समेत गरी १२ अर्ब ३८ करोड २५ लाख ३५ हजार ६७० रूपैयाँ दिन बाँकी छ ।
कोरोना बीमा मापदण्डमा १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ । यसैगरि, २ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत् र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ । मापदण्ड अनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।