logo

घरजग्गा कारोबारमा चमक, असोजमा मात्र २५ हजार घरजग्गा किनबेच

९ हजार जग्गा कित्ताकाट, साढे २ अर्ब राजस्व संकलन

    957   पटक पढिएको


२ कात्तिक/अर्थ र व्यापार – गत वर्ष बैंकहरुले कर्जामा कडाई गरेसंगै केही सुस्ताएको घरजगाको कारोबारमा हाल विस्तारै चमक देखिएको छ ।
दसैंको माहोलमा समेत २५ हजार बढी घरजग्गा किनबेच भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोज महिनामा २५ हजार ७८९ घरजग्गा किनबेच भएको छ ।
सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा निकै कारोबार प्रभावित भएको देखिन्छ । त्यसको प्रभाव असोजमा पनि उच्च परेको विभागले जनाएको छ ।
गत असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार २७ वटा घरजग्गा किनबेच भएका थिए । यसैगरि, साउन महिनामा भने सो कारोबार संख्या घटेर ३३ हजार ८३४ वटा र भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ३४ हजार ७२० घरजग्गा किनबेच भएका थिए ।
त्यसैगरि, असोजमा लामो समयको वर्षा र दसैंको माहोलमा समेत २५ हजार बढी घरजग्गा किनबेच भएको विभागले जनाएको छ । असोज महिनामा देशभरका मालपोत कार्यालयबाट २५ हजार घरजग्गा लिखत पारित हुँदा २ हजार ३३९ नामसारी, २४ सय ३० संशोधन, २४ हजार २५२ रोक्का, १३ हजार ३३९ फुकुवा र ७१८ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।
यसरी कारोबार भएका घरजग्गा मध्ये काठमाडौ उपत्यकामा सबैभन्दा बढी कलंकीबाट घरजग्गाको किनबेच भएको विभागले जनाएको छ । असोज महिनामा उपत्यकाका ९ वटा मालपोत कार्यालबाट २७ सय ६१ घरजग्गा किनबेच हुँदा सबैभन्दा बढी कलंकी मालपोतका कार्यालयबाट किनबेच भएको हो ।
असोज महिनामा कंलकीबाट मात्रै ६२० वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, कलंकीपछि लगनखेल मालपोत कार्यालयले ६०६ वटा घरजग्गा किनबेच गरेको छ ।
त्यसैगरी, भक्तपुरबाट ५४० वटा, साँखुबाट ४०१ वटा, चावहिलबाट ३४६ वटा, डिल्लिबजार मालपोतबाट १३७ वटा, टोखाबाट ९२ वटा र गोटीखेलबाट १९ वटा घरजग्गा किनबेच गरेको छ । तर, मनमैजु मालपोत कार्यालयबाट भने कुनै पनि घरजग्गा किनबेच नभएको विभागले जनाएको छ ।
असोज महिनामा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । सो कार्यालयबाट असोजमा १ हजार १४९ घरजग्गा किनबेच भएको छ । त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार २८ वटा, जनकपुरधाम धनुषाबाट १ हजार ४, बेलबारी मोरङबाट ८५९, राजविराज सप्तरीबाट ८१७, भद्रपुर झापाबाट ६९१ वटा र घोराही दाङबाट ६७१ र जलेश्वर महात्तरीबाट ६६६ घरजग्गा किनबेच भएको छ ।
विभागका अनुसार सो अवधीमा कुल ९ हजार जग्गा कित्ताकाट भएका छन । सरकारले भूउपयोग नियामवली जारी गर्दै कित्ताकाटमा निकै कडाइ गरेको छ । यस्तो कडाइ गरेकाले देशभरमा हुने कित्ताकाटमा शतप्रतिशत कमी आएको छ ।
सरकारले आगामी २३ मंसिरसम्ममा कृषि । गैह्रकृषिमा अनिवार्य जग्गा वर्गीकरण गर्न निर्देशन दिएको छ । तर, स्थानीय तहमा भने वर्गीकरणको अन्यौल नै देखिएको छ ।
विभागका अनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ । त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको छ ।
असोज महिनामा विभागले देशभरको मालपोत कार्यालयबाट साढे २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले असोजमा काठमाडौ उपत्यका लगायत देसैभरबाट २ अर्ब ५६ करोड ८४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको हो ।
विभागका अनुसार असोजमा सेवा करबापत १६ करोड ८६ लाख रुपैयाँ, बागमति बापत ६ करोड ४४ लाख ६७ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ३६ करोड ३० लाख ६७ हजार रुपैयाँ, पूँजीगत लाभकरबापत ७४ करोड ७६ लाख ९१ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ९१ लाख ७१ हजार रुपैयाँ लगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । यसैगरि, विभागले सो अवधिमा २० करोड २७ लाख ३४ हजार रुपैयाँ राजस्व छुट दिएको छ ।
असोजमा देशभरका मालपोत कार्यालय मध्ये चावहिलबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ । चावहिलबाट असोजमा कम घरजग्गा किनबेच भएपनि महंगा घरजग्गा किनबेच भएकाले १८ करोड ९६ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, लगनखेलबाट १७ करोड ३६ लाख ३५ हजार रुपैयाँ, कलंकीबाट १७ करोड रुपैयाँ, डिल्लिबजारबाट १४ करोड ६३ लाख ७१ हजार रुपैयाँ, भक्तपुरबाट १० करोड ५७ लाख ९४ हजार रुपैयाँ, कास्कीबाट ९ करोड ४८ लाख २७ हजार रुपैयाँ, काभ्रेपलाञ्चोकबाट ७ करोड २ लाख २४ हजार रुपैयाँ, पर्साबाट ६ करोड ८८ लाख ३९ हजार रुपैयाँ र चितवनबाट ६ करोड १९ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।