logo

मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष झन कष्टकर रहने आइएमएफको प्रक्षेपण

    815   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार – विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागु गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी, विकसीत अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव विकासोन्मुख अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।
विविध चुनौतीकाबीच सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ । मुद्रास्फीति नियन्त्रणमा नआउनु, रुस–युक्रेन युद्धले भयावह रुप लिँदै जानु र चीनमा कोरोना महामारिको संक्रमण फैलिरहँदा चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण सन् २०२३ अझै कष्टकर रहने आइएमएफको प्रक्षेपण छ ।
सन् २०२२ को अक्टोबर महिनाको विश्व अर्थतन्त्रको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा आर्थिक वृद्धि दर अझै घटेर २.७ प्रतिशत रहने अनुमान गरेको छ । यसैगरि, आइएमएफले मुदास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने अरु देशका मुद्राहरु कमजोर हुन पुगेका छन् ।
कमजोर मुद्राका कारण विकासोन्मुख राष्ट्रहरु निकै समस्यामा परेका छन् । त्यसैगरी, युद्ध सुरु भएलगत्तै रुसले युरोप र बेलायतमा इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति रोकिदिँदा मूल्यवृद्धि आकाशिएको आइएमएफले जनाएको छ । आइएमएफले आफ्नो केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने सम्भावना शतप्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्ता नकारात्मक आर्थिक सूचकका कारण सन् २०२२ को तुलनामा नेपाल जस्तो विकासोन्मुख देसहरुका नागरिकको जीवनयापन सन् २०२३ मा अझै कष्टकर बन्ने अनुमान गरिएको आइएमएफले छ ।
मुद्रास्फीति नियन्त्रणमा आउनु अघि सन् २०२३ मा अझ बढ्ने र अन्ततः सन् २०२४ सम्ममा मुद्रास्फीति दर ४.१ प्रतिशत हुने अनुमान आइएमएफले गरेको छ । सन् २०२२ मा विकसीेत अर्थतन्त्रहरुको आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने र सन् २०२३ मा खुम्चिएर १.१ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ ।
यसैगरी, अमेरिकाको आर्थिक वृद्धिदर सन् २०२२ मा १.६ प्रतिशत र सन् २०२३ मा १ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, विकासोन्मुख राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ३.७ प्रतिशत र सन् २०२३ मा पनि वृद्धिदर ३.७ प्रतिशत नै कायम रहने आइएमएफको प्रक्षेपण छ ।
विकासोन्मुख एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ४.४ प्रतिशत र सन् २०२३ मा ४.९ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.८ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।