logo

११ अर्बले बढ्यो वस्तु आयात, २ खर्ब ४४ अर्बको व्यापार घाटा

    1165   पटक पढिएको

९ असोज/अर्थ र व्यापार – भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो । सरकारले विलासिताका वस्तुको आयात माथिको प्रतिबन्ध कायमै राखेको छ । तर, चाडवाड लक्षित सामग्रीको आयातका कारण भदौमा आयात बढेको हो । अर्कोतर्फ निरन्तर बढेको डलरको मूल्यले समेत आयात रकम बढी हुन पुगेको छ ।
यसैगरि, चालु आवको पहिलो दुई महिनाको तुलनामा भने आयात केही घटेको छ भने निर्यातमा भने उच्च गिरावट आएको छ । भन्सार विभागका अनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको यसै महिनासम्मको तुलनामा १३.०१ प्रतिशतले कम हो । गत आवमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आवको पहिलो दुई महिनामा निर्यात भने कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै महिनाको तुलनामा ३४.८८ प्रतिशत हो । यस वर्ष साउन र भदौमा निर्यातमा भने धेरै ठूलो अन्तर छैन । साउनमात्र १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । भदौमा समेत करिब सोही रकम बराबरको वस्तु निर्यात भएको छ ।
बढ्दो आयात र खस्किँदो निर्यातका कारण नेपालको वैदेशिक व्यापार भने निरन्तर घाटामा छ । यस वर्ष पहिलो दुई महिनामै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा पुगेको छ । यस्तो व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो ।
चालु आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ । तथ्यांक अनुसार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
पहिलो दुई महिनाको तथ्यांक अनुसार निर्यातमा आएको गिरावटका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा २२.७५ प्रतिशतको गिरावट आएको छ । व्यापारको हिस्सामा भने ३.१९ प्रतिशतको वृद्धि भएको छ । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा निर्यात ९.४९ रुपैयाँ र आयात ९०.५१ रुपैयाँ बराबरको हुने गर्छ ।
पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । सबैभन्दा ठूलो व्यापार घाटा समेत यसै वस्तुमा रहेको छ ।
दुई महिनामा फलाम र स्टीलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामग्रीको आयातमा १८ अर्ब २३ करोड बाहिरिएको छ । औषधिजन्य वस्तुको आयात १० अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति तेल र यससँग सम्बन्धी वस्तुको आयत १९ अर्ब ८ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको तथ्यांक विभागले जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापार १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट विदेश जाने वस्तुमा समेत सबैभन्दा ठूलो हिस्सा भारतकै छ । साउन र भदौमा वस्तु निर्यात भारतमा मात्र १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ । चीनबाट ३७ अर्बको सामान आउँदा मात्र १२ करोड रुपैयाँको निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।