logo

११ अर्बले बढ्यो वस्तु आयात, २ खर्ब ४४ अर्बको व्यापार घाटा

    870   पटक पढिएको

९ असोज/अर्थ र व्यापार – भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो । सरकारले विलासिताका वस्तुको आयात माथिको प्रतिबन्ध कायमै राखेको छ । तर, चाडवाड लक्षित सामग्रीको आयातका कारण भदौमा आयात बढेको हो । अर्कोतर्फ निरन्तर बढेको डलरको मूल्यले समेत आयात रकम बढी हुन पुगेको छ ।
यसैगरि, चालु आवको पहिलो दुई महिनाको तुलनामा भने आयात केही घटेको छ भने निर्यातमा भने उच्च गिरावट आएको छ । भन्सार विभागका अनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको यसै महिनासम्मको तुलनामा १३.०१ प्रतिशतले कम हो । गत आवमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आवको पहिलो दुई महिनामा निर्यात भने कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै महिनाको तुलनामा ३४.८८ प्रतिशत हो । यस वर्ष साउन र भदौमा निर्यातमा भने धेरै ठूलो अन्तर छैन । साउनमात्र १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । भदौमा समेत करिब सोही रकम बराबरको वस्तु निर्यात भएको छ ।
बढ्दो आयात र खस्किँदो निर्यातका कारण नेपालको वैदेशिक व्यापार भने निरन्तर घाटामा छ । यस वर्ष पहिलो दुई महिनामै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा पुगेको छ । यस्तो व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो ।
चालु आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ । तथ्यांक अनुसार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
पहिलो दुई महिनाको तथ्यांक अनुसार निर्यातमा आएको गिरावटका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा २२.७५ प्रतिशतको गिरावट आएको छ । व्यापारको हिस्सामा भने ३.१९ प्रतिशतको वृद्धि भएको छ । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा निर्यात ९.४९ रुपैयाँ र आयात ९०.५१ रुपैयाँ बराबरको हुने गर्छ ।
पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । सबैभन्दा ठूलो व्यापार घाटा समेत यसै वस्तुमा रहेको छ ।
दुई महिनामा फलाम र स्टीलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामग्रीको आयातमा १८ अर्ब २३ करोड बाहिरिएको छ । औषधिजन्य वस्तुको आयात १० अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति तेल र यससँग सम्बन्धी वस्तुको आयत १९ अर्ब ८ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको तथ्यांक विभागले जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापार १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट विदेश जाने वस्तुमा समेत सबैभन्दा ठूलो हिस्सा भारतकै छ । साउन र भदौमा वस्तु निर्यात भारतमा मात्र १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ । चीनबाट ३७ अर्बको सामान आउँदा मात्र १२ करोड रुपैयाँको निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।