logo

बिमा समितिले लघुबिमा लाइसेन्स खुलायो, न्युनतम चुक्ता पुँजी ७५ करोड हुनुपर्ने

    1244   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार – नियामक बिमा समितिले सात प्रदेशमा जीवन तथा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) खुलाएको छ ।
समितिले सात प्रदेशमा जीवन तथा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालन गर्नका लागि लगानीकर्ताहरूबाट प्रस्ताव आब्हान गरेको हो । मुलुकको सातवटै प्रदेशमा एउटा एउटा हुने गरि जीवन लघुबिमा ३ र निर्जिवन लघुबीमका ४ वटा कम्पनी संचालन गर्न पाउनेगरि प्रस्ताव आब्हान गरिएको समितिले जनाएको छ ।
लघुबिमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा न्यूनतम चुक्ता पुजी ७५ करोड रुपैयाँ हुनुपर्ने समितिले जनाएको छ । समितिले लघुबिमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९ गत ३१ साउनमा स्वीकृत गरेपछि सात प्रदेशमा लघुबिमा कम्पनी स्थापना गर्न प्रस्ताव आब्हान गरिएको बताएको छ ।
समितिले यो प्रस्ताव पेस गर्ने समय ३५ दिन दिएको छ । सो समयभित्र लाइसेन्सका लागि प्रस्ताव पेस गर्न समितिले सम्बन्धीत सरोकारवालाहरुलाई आब्हान गरेको छ । लगानीकर्ताले जीवन तथा निर्जीवन लघुबिमा दुवैमा प्रस्ताव पेस गर्न सक्ने समितिले जनाएको छ । प्रस्तावित लगानीकर्ताको एकै किसिमको बिमा प्रतिहिस्सेदारी (क्रसहोल्डिङ) हुन नपाइने भएको छ ।
समितिले तय गरेको मापदण्डभित्र पर्ने उत्कृष्ट आवेदकले लघुनिर्जीवन र लघुजीवन बिमा व्यवसाय सञ्चालनका लागि लाइसेन्स पाउनेछन् । प्रस्तावित लघुबिमा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर प्रदेशमा हुने र मुख्य कार्यालय रहने स्थान समितिले तोक्ने छ ।
लघुबिमा लगानी गर्ने लगानीकर्ताले कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्ने र गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ । त्यसपछि प्रस्तावित कम्पनीको लघुबिमा व्यवसायसँग सम्बन्धित स्पष्ट अवधारणा र वस्तुगत विश्लेषणसहित विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ ।
यसैगरि, विदेशी लघुबिमा कम्पनीसँगको प्राविधिक साझेदारी हुने भए संयुक्त उपक्रम स्थापना समझदारी भए सोसँग सम्बन्धित पत्र, लघुबिमासँग सम्बन्धित दुई प्रकारको बिमालेख र सोको प्राविधिक पक्ष लगायत अनिवार्य कागजातहरु पेस गर्न समितिले इच्छुक लगानीकर्तालाई भनेको छ ।
लगानीकर्ताहरूले पेस गरेको प्रस्तावहरु मध्येबाट समितिले तयार पार्ने मूल्यांकन आधारहरूमा उच्चतम् अंक प्राप्त गर्ने तीन जीवन र चार निर्जीवन बिमाको प्रस्ताव मात्र छनौट हुने समितिले जनाएको छ ।
सरकारले न्यून आय भएका तथा लक्षितवर्गका जनतामा बिमा पहुँच पुर्याइ बिमा व्यवसाय विस्तार गर्ने नीति लिएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३२७ मा ग्रामीण क्षेत्रमा न्यून आय भएका जनतालई लक्षित गरी लघुबिमा व्यवसाय सञ्चालन सम्बन्धमा भएको व्यवस्थाअनुसार प्रस्ताव आब्हान गरेको समितिले स्पष्ट पारेको छ ।
हालसम्म ३४ प्रतिशत जनसंख्यामा बिमा पहुँच पुगेको समितिले जनाएको छ । लघुबिमा व्यवसायको लाइसेन्स खोल्दै गर्दा समितिले केन्द्रमा सञ्चालनमा रहेको जीवन तथा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी एक आपसमा गाभिन (मर्जमा जान) बाध्य पारेको छ ।
जसअनुसार समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन कम्पनीको २ अर्ब रुपैयाँ तोकेको छ । यस्तो मापदन्डका कारण अहिले बिमा कम्पनीहरु धमाधम पार्टनर खोजेर मर्जमा जान थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।