logo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्पत्ति र भाडाको लेखाजोखा राख्न उद्योगमन्त्रीको निर्देशन

    1188   पटक पढिएको

२९ साउन /अर्थ र व्यापार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वमा संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा राख्न निर्देशन दिएका छन् ।
राजधानीमा सम्पन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री बडूले सो कम्पनीका कर्मचारी र व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन ।
उनले आम मुलुकवासीलाई सहुलियत दरमा खाद्य व्यवस्थाको जिम्मेवारी प्राप्त खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अपेक्षाकृत रुपमा काम नगरेको भन्ने जनगुनासो बढेको भन्दै मन्त्री बडूले कम्पनी व्यवस्थापनलाई सार्वजनिक मञ्चबाटै यस्तो निर्देशन दिए ।
उनले सो कम्पनी व्यवस्थापनलाई काठमाडौं उपत्यकामा रहेको आफ्नो सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरका सबै सम्पत्तिको विवरण तयार गर्न आगामी एक महिनाको समय दिए । मन्त्री बडूले कम्पनीका कर्मचारी र व्यवस्थापनलाई आफ्नो जिम्मेवारी अनुसार काम गरेको छ÷ छैन भन्नेबारे समीक्षा गर्न पनि सुझाव दिए ।
काठमाडौं उपत्यकाभित्रको सम्पत्ति कति आएको हो त्यसको लेखाजोखा गर्न र कसलाई भाडामा दिएको एवं कति भाडा उठेको सबै हिसाव निकाल्न निर्देशन दिंदै मन्त्री बडुले भने, ‘भाडा उठेको छैन भने के कारणले उठेन एक साताभित्र विवरण दिइहाल्नुस् । ’ यसैगरि, उनले आगामी एक महिनाभित्र देशभरी कति सम्पत्ति छ सबै लेखाजोखा निकालेर कति भाडामा छ ? भाडा नउठेको हो भने किन नउठेको सबै विवरण तयार गर्न कम्पनी व्यवस्थापनलाई निर्देशन दिउ । उनले तत्काल भाडा उठाउन नसकिएको खण्डमा के उपाए गर्ने भन्नेसम्मको निष्कर्ष निकाल्न निर्देशन दिए ।
उनले सम्पत्ति नोक्सान भइरहेको, भाडा नउठेको र सम्पत्तिको लेखाजोखा नभएकोबारे कम्पनी व्यवस्थापन र जिम्मेवार कर्मचारीलाई कामको समीक्षा गर्दै कानुनले दिएको जिम्मेवारी अनुसार क्रियाशील हुन समेत निर्देशन दिए ।
राष्ट्रिय व्यापार कम्पनी तीन वर्ष पहिले खाद्य संस्थानमा जोडिएको थियो । राष्ट्रिय व्यापार कम्पनीबाट कति सम्पत्ति प्राप्त भएको हो भन्नेबारे यकिन विवरण दिन नसकेको र त्यसको सोधखोज नगरिएको भन्दै मन्त्री बडूले सार्वजनिक कार्यक्रममा यसरी खाद्य कम्पनीका कर्मचरी र व्यवस्थापनलाई निर्देशन दिएका हुन् ।
यसैगरि, उनले राष्ट्रिय व्यापार कम्पनीको गोदाम व्यवस्थापन किन नगरिएको हो भन्ने बारेमा पनि प्रश्न गरेका थिए । ’हाम्रो नाकमुनी राष्ट्रिय व्यापार कम्पनीको त्यो गोदाम खोल्ने हिम्मत किन भएको छैन ? एक साताभित्र त्यो गोदामलाई व्यवस्थित गर्नुस्’ मन्त्री बडुले भने ।
उनले स्थानीय प्रशासन, प्रहरी, स्थानीय र प्रदेश सरकारका प्रतिनिधिसँगै सञ्चारकर्मीलाई राखेर गोदाम खोजेर पारदर्शी रूपमा काम गर्न समेत कम्पनी व्यवस्थापनलाई सुझाएका थिए । यतिलामो समयदेखि काठमाडौंमा रहेको गोदामको सम्पत्ति नष्ट भइरहँदा पनि ध्यान नदिएको भन्दै उनले कम्पनीका कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका थिए ।
खाद्य व्यवस्थामा राष्ट्रिय व्यापार कम्पनी जोडिएपछि बलियो बनेको भएपनि काम हुन नसकेको र आफूले मन्त्रालयको जिम्मा लिँदा रिपोर्टिङ गरिएका समस्या अहिले पनि उस्तै रहेको भन्दै मन्त्री बडूले आफ्नो जिम्मेवारी पूरा गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।
संविधानले नागरिकको खाद्य सुरक्षाको ग्यारेन्टी गरेको र राज्यको तर्फबाट त्यो निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भएको स्मरण गराउँदै मन्त्री बडूले मुलुक संघीयतामा गएको अवस्थामा लिमिटेडसँग स्थानीय तह र प्रदेशका संरचनालाई पनि सँगै लिएर काम गर्न निर्देशन दिए । लिमिटेडले आफ्नो काम कानुन अनुसार गरे बजारमा मूल्य पनि नियन्त्रणमा आउने उनको अपेक्षा थियो ।
मन्त्री बडूले दुर्गम क्षेत्रमा हेलिकोप्टर मार्फत खाद्यान्न पु¥याउन जाँदा स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था गर्न पनि लिमिटेडलाई निर्देशन दिए । व्यापारिक कम्पनी बनिसकेकाले दुर्गमका डीपोमा खाद्यान्न पु¥याउन जाँदा कोदो, फापर, पल्ती लगायतका स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था गर्न समेत निर्देशन दिए ।
’हेलिकोप्टर लिएर दार्चुला तिंकरको खाद्यान्न डीपोमा खाद्यान्न पु¥याउन जानुहुन्छ । हेलिकोप्टरको आउने र जाने भाडा तिर्नुहुन्छ । त्यहाँको फापर, पल्ती, कोदो बजारसम्म ल्याउन मध्यस्तकर्ताको भूमिका खेल्नुस् ।’ मन्त्री बडुले भने ।
स्थानीयले त्यो उत्पादन गरे केही आफू खान्छन् बाँकी भैंसीलाई दिन्छन् । स्थानीय उत्पादनले बजार पायो भने किसानलाई फाइदा हुने भएकाले त्यहाँ पुगेको हेलिकोप्टर रित्तो फर्किँदा स्थानीय उत्पादन भरेर ल्याउन उनले आग्रह गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवमा व्यवस्थापन समितिमा रहेका सरकारका प्रतिनिधिहरु अनुपस्थित रहेकोबारे पनि मन्त्री बडूले अध्यक्षबाट जवाफ मागेका थिए । उनले आइतबार मन्त्रालयमा आएर कम्पनी संचालक समितिका सदस्य समेत किन नआएका हुन् भन्नेबारे जानकारी गराउन समेत निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।