logo

आयात रोक्न सरकार असफल ,९ महिनामै १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको अयात

    826   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार – स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाई गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारी साधन, महंगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै विलासिताका बस्तुहरुको आयातमा कडाई गर्दै आएको दावी गरेको सरकारले यसअघि आफैंले विभिन्न समयमा जारि भएको नीति तथा निर्देशन कार्यान्वयन गर्न असफल भएको देखिएको छ । जसका कारण हाल दैनिक आयात बढेर मुलुक थप आर्थिक संकटमा परेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वितेका नौ महिना गत चैतमसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार आयात रोक्न सरकार असफल देखिएको हो । शुक्रबार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयात बढेको छ ।
यस अवधिमा कुल १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको आयात भएको थियो ।
अहिलेसम्म सरकारले गरेका अनेक प्रयास निरर्थक हुँदा आयात घटेन । झन उल्टै बढेर आवको वितेका ९ महिनामा गत आवको भन्दा साढे ३ खर्ब रुपैयाँ बढीको सामान आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा मुलुकको ब्यापार घाटा बढेर १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत चैत मसान्तसम्म मुलुकको ब्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो ।
यो ब्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २८ दशमलब ४७ प्रतिशतले बढी हो । अहिलेसम्म आयात नियन्त्रण गर्न असफल सावित भएको सरकारले आफ्ना नीति निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न थप प्रयास नगरे यही अनुपातमा मुलुकको व्यापार घाटा बढेर यस आर्थिक वर्षभित्रमै १८ खर्ब रुपैयाँ नाघ्ने छ ।
विभागका निर्देशक एवं सूचना अधिकारी पुन्यविक्रम खड्काले सरकारले अनेक उपाए गर्दै आयात घटाउन पहल गरेपनि अझै अपेक्षाकृत रुपमा आयात नियन्त्रणमा नआएको बताए । यसले देसमा तरलता बढाउने र आर्थिक संकट थप चुलिने उनको भनाई छ ।
चालु आवको सुरुवाती महिना गत साउनदेखि चैत मसान्तसम्म नेपालले झन्डै १५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा देखिएको यो आयात अघिल्लो आवको भन्दा ३ खर्ब ५५ अर्ब रुपैयाले बढी हो ।
विभागका अनुसार मुलुकको आयात एक वर्षको समीक्षा अवधिमा करिब ३२ प्रतिशतले बढेको छ । बैंकहरुले सवारी साधन, सुन लगायत विलासी वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्ने कार्य बन्द गरेपनि तथ्यांकमा त्यसको प्रभावकारिता अझै देखिएको छैन । यसैगरि, साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।
सो अवधीमा ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको देखिन्छ । विभागको तथ्यांक अनुसार निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । यस अवधीमा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यसैगरि, चालू आवको सोही अवधीमा नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधीमा नेपालले छिमेकी मुलुक भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । चालू आवको वितेका ९ महिनाको अवधीमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । यस अवधिमा भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख रुपैयाँ बढीको आयात भएको छ । यस अवधिमा १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट वितेका ९ महिनाको अवधीमा २ खर्ब ११ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ । सो समयमा नेपालबाट जम्मा ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागले जनाएको छ ।
पछिल्लो समय सरकारले विभिन्न विलासिताका बस्तुको आयातमा कडाई गर्दै एलसी बन्द गर्ने सुइँको पाएपछि गत चैत महिनामा मात्रै झन्डै ४ अर्ब रुपैयाँ भन्दाबढीको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८७० थान मोबाइल फोनबाट सरकारले एकैमहिनामा करिब ६३ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ।
राष्ट्र बैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाई गरेकै कारण व्यवसायीले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका व्यवसायीहरुले बताएका छन । उनीहरुका अनुसार बैंकहरुले चैतबाट मोबाइल आयात गर्न एलसी खोल्न नै बन्द गरिदिएपछि अब बजारमा नपाइने भन्दै झन माग बढेसँगै आयातमा पनि बृद्धि भएको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा करिब ३५ अर्ब रुपैयाँ बराबरको ५० लाख थान बढी मोबाइल फोन आयात भएको छ । चालु आवमा सबैभन्दा धेरै मोबाइल फोन गत भदौमा आयात भएको थियो । दसैं–तिहार र छर्ठपर्व लगायतका चाडपर्व अघि व्यवसायीले करिब साढे ५ अर्ब रुपैयाँको ८ लाख ३१ हजार २ सय ४७ थान मोबाइल फोन आयात भएको थियो । भदौपछि चैतमा आएर सबैभन्दा बढी मोबाइल फोन आयात भएको देखिएको विभागले जनाएको छ ।
गत फागुनमा २ अर्ब ६० करोड रुपैयाँको २ लाख ५४ हजार १ सय ८५ थान फोन आयात भएको थियो । त्यसबेला मोबाइलको आयात घटेको थियो। माघको तुलनामा फागुनमा १ लाख ८७ हजार १ सय ८५ थान कम मोबाइल आयात भएको थियो । गत माघमा २ अर्ब ७५ करोड ६३ लाख ७३ हजार रुपैयाँको ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल फोन आयात भएको थियो । फागुनमा माघको तुलनामा १५ करोड १९ लाख रुपैयाँ कम मूल्यको मोबाइल आयात भएको थियो । माघमा ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल आयात भएकोमा फागुनमा घटेर २ लाख ५४ हजार १ सय ८५ थान मात्रै आयात भएको थियो।
चिपको मूल्य, डलरको भाउ र पेट्रोलियम पदार्थमा भएको अत्यधिक भाउ वृद्धिका कारण ढुवानी खर्च बढेपछि मोबाइलको मूल्य बढ्दै गएको सम्बन्धीत व्यवसायीले बताएका छन ।
मोबाइल आयातको भुक्तानी अमेरिकी डलरमै हुने गर्छ। पछिल्लो समय नेपाली बजारमा डलरको भाउ समेत उकालो लागेकाले मोबाइल आयात मात्र नभएर हरेक बस्तुको मूल्य समेत धेरै बढेको छ । तर, चैतमा भने एलसी खोल्न बन्द हुने सुइँको पाएरै धेरै मोबाइल भित्रिएको हो । राष्ट्र बैंकले चैतमा सवारी साधन, मोबाइल फोन र सून लगात विभिन्न ३०० वटा वस्तुको आयातमा कडाई गरेको थियो।
सो अवधीमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । यसरी वैदेशिक व्यापार गर्ने क्रममा नेपालले अधिकाँश मुलुकहरुसँग घाटाको कारोबार गरको देखिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । समिक्षा अवधीमा नेपालले धेरै घाटाको व्यापार गरेको देशको पहिलो नम्बरमा भारत रहेको छ । यसैगरि, दोस्रो स्थानमा चीन रहेको छ । नेपालले चीनबाट आयात गर्ने वस्तुको तुलनामा निर्यात ज्यादै न्युन छ । जसका कारण चीनसँग एकोहोरो व्यापार भएको जस्तो देखिएको विभागले जनाएको छ ।
त्यसैगरि, नेपालले धेरै व्यापार घाटा व्यहोरेका अन्य देशहरुमा अर्जेन्टिना, दुवई, इन्डोनेसिया, अष्ट्रेलिया, पाराग्वे लगायतका मुलुकहरु रहेका छन् । सो अवधीमा कोरोना महामारिको संक्रमणबाट बच्ने उपाए स्वरुप निर्मित विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरणहरु बढी आयात गर्नुपरेका कारणले पनि अहिले छिमेकी देस चिनसँगको व्यापार घाटा बढ्न पुगेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
उनीहरुले हाल कोरोनाको संक्रमणबाट बच्ने उपाए रुपरुप प्रयोग हुँदै आएका माक्स, ग्लोब्स, पिपिईसेट, अक्सिजन मेसिन लगायतका स्वास्थ्यसामाग्री चीनबाट बढि ल्याईएकाले चीनसँग मुलुकको व्यापार घाटा थप बढेको बताएका छन ।
विभागले पनि समिक्षा अवधीमा १ अर्ब २२ करोड २९ लाख ३९ हजार रुपैयाँको मास्क र स्यानिटाइजर आयात भएको जनाएको छ । विभागको तथ्यांक अनुसार सो अवधिमा १ अर्ब ८ करोड ७५ लाख ४० हजार रुपैयाँको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ वटा देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।