logo

कोषको लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

    1143   पटक पढिएको

६ चैत/अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । राजधानीमा सम्पन्न कोषको ३२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले बंैक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताए । नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गर्दै उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेकाले हाल सरकारले त्यस्तो पैसा खोज्न थालेको बताए ।
कोषजस्तै संस्थाहरूले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । उनले मुलुकको स्तारोन्नतिका लागि सो रकम आवश्यक भएकोमा जोड दिए ।
नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋmणको सम्बन्धमा पनि अर्थमन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भन्दै यसका लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए ।
पुँजी कतै हराइरहेको र आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ । अथवा कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन ? भन्ने कुराको खोजीमा अहिले आफू लागेको बताउँदै शर्माले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
यसैगरी, उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रक्रिया देखापरेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् । ’ पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको पनि उनले जानकारी गराए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए । सेयर बजारमा लगानी कोषको भूमिका महŒवपूर्ण हुने भन्दै उनले कोससँग सहकार्य गर्न बोर्ड तयार रहेको बताए ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करिब ८ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु¥याइरहेको बताए । कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले जानकारी गराए ।
कोषले पुँजी बजारमा संस्थागत लगानी भिœयाउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुनर्बिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रूपमा रहेको पनि उनले जानकारी गराए ।
कोषका विभिन्न कार्यलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको भन्दै कार्यकारी निर्देशक नेपालले कोषले आवास कर्जाबापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरीसकेको बताए । यसैगरी, उनले कोषका कार्यक्रममा पति, पत्नी दुवै सहभागी भएको भए आवास कर्जा सीमालाई १ करोड रुपैयाँसम्म सुविधा प्रदान गर्ने कार्य सुरु गरिसकेको जानकारी दिए ।
कोषका सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताउँदै भने, ‘कोषले सिमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ ।’
यसैगरी, कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाईंले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेटमार्फत कर छुटको सीमा बढाउनुपर्ने, कोषसरहकै अन्य संघसंस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए । सोही कार्यक्रममा कोषले २० वर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।