logo

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर प्रतिव्यारल ९६ डलरमा ओर्लियो

नेपालमा भने अझै किन बढाईयो मुल्य ?

    1459   पटक पढिएको

४ चैत/अर्थ र व्यापार– अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ । गत ८ मार्चमा प्रतिव्यारल हालसम्मकै उच्च १ सय २३ डलर पुगेको पेट्रोलियम पदार्थको मूल्य घटेर प्रतिव्यारल ९६ डलर भन्दा कममा कारोबार भइरहेको छ । तर, नेपालमा भने अझै पेट्रोलियम पदार्थकोे मूल्य बढेको बढ्यै छ ।
पछिल्लो १ सातामा मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घटेको छ । तर, नेपाली बजारमा भने पछिल्लो १ महिनामै पेट्रोलियम पदार्थको मूल्य मात्रै प्रतिलिटर १० रुपैयाँले बढिसकेको छ ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि बढाउने र घटेपछि घटाउने गरेको छ । अहिले निगमले यस्तो स्वचालित मुल्य समायोजनको निगमलाई नै लत्याएर आफुखुरी लगातार मुल्य बढाएर नेपाली उपभोत्ताको ढाड सेक्ने काम गरिरहेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल आयल निगमको घाटा चुलिएपछि घट्न नसकेको जस्तो देखिएपनि भारतबाट नै मूल्य बढेर आएका कारण मूल्य घटाउन नसकिएको बताए । उनका अनुसार नेपालमा पेट्रोलियमको मूल्य भारतले पठाएको मूल्य अनुसार निर्धारण हुने हो । पछिल्लो समय पनि भारतले नयाँ मूल्य पठाउँदा बढाएर पठाएका कारण अझै नेपालमा मुल्य बढेको हो ।
भारतले पठाएको खरिदमूल्य अनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ, डिजेल १ सय ६९, मट्टितेल १ सय १३ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर २ हजार २ सय ४० रुपैयाँ पर्ने थियो । तर, निगमले घाटा खाएरै हालसम्म पेट्रोलियम पदार्थ बेचिरहेको उनको दावी छ ।
निगमका अनुसार गत बुधबार राती १२ बजेदेखि नै लागुहुनेगरि बढेको मूल्य वृद्धिपछि पनि अझै पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ , डिजेलमा ३२ रुपैयाँ र एलपी ग्याँसमा ६ सय ६५ रुपैयाँ घाटा रहेको छ । मट्टितेल र हवाई इन्धन विक्रीबाट भने निगमलाई नाफा रहेको छ ।
निगमको खरिद मूल्यभन्दा विक्री मूल्य कम हुँदा निगमलाई पेट्रोलियम पदार्थको मूल्यमा १५ महिनामा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ । यस्तो अनुमानित घाटापुर्ति गर्नका लागि पनि निगमले पेट्रोलियमको मूल्य बढाईरहेको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन ।
केही साता अघि रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थदेखि सुनसम्मको मूल्य उच्च रुपमा बढेको थियो । तर, पछिल्लो समय भने एकाएक बढेर उच्च भएको पेट्रोलियम पदार्थ लगायत विभिन्न वस्तुको मूल्य लगातार ओरालो लागिरहेको छ ।
गत मार्च ८ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च प्रतिव्यारल १ सय ३० डलर पुगेको थियो । तर, यसको मूल्य हाल घटिरहेको भएपनि निगमले मूल्य बढाएरै बेचिरहँदा उपभोक्तालाई मार परेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । निगमले आगामी स्थानीय निर्वाचन खर्चकालागि राजनीतिक दलका नेताहरुलाई बाँड्ने पैसा जोहो गर्नका लागि उपभोक्तालाई मारमा पारेर मूल्य बढाइरहेको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य निरन्तर घटिरहँदा पनि यहाँ अत्यधिक रुपमा बढाईरहेकाले आम उपभोत्ता गम्भिर मारमा परेको उपभोत्ता अधिकारकर्मिरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।