logo

कांग्रेस महामन्त्री थापालाई संकटग्रस्त अर्थतन्त्र जोगाउन उद्योगीको आग्रह

    1332   पटक पढिएको

२ चैतं/अर्थ र व्यापार – लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आग्रह गरेका छन् । राजधानीमा आयोजित छलफल कार्यक्रममा उद्योगीहरूले थापासँग यस्तो आग्रह गरेका हुन्। सरकारले गलत नीति अंगीकार गरेकाले अर्थतन्त्र गम्भीर समस्यामा परेको भन्दै उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अहिलेको अर्थतन्त्रको वास्तविकता बताइदिन समेत आग्रह गरे ।
यसैगरि,उनीहरुले गत असोजदेखि ऋणीले पर्याप्त मात्रामा ऋण पाउन सकेका छैनन् । बैंकको ब्याज दोहोरो अंकमा पुगेको छ । रेमिट्यान्स निरन्तर घट्दो अवस्थामा रहेकाले अर्थतन्त्रको बाह्य क्षेत्र नराम्ररी बिग्रिएको र यसलाई सुधार्न सरकारले तत्काल,मध्यकाल र दीर्घकालमा गर्नुपर्ने कामका बारेमा पनि थापालाई सुझाएका थिए ।
पर्यटनबाट हुने आय करिब ८० प्रतिशतले घट्यो। त्यो भनेको वार्षिक करिब ५० देखि ६० अर्ब रुपैया जुन पर्यटन क्षेत्रबाट आउनुपर्दथ्यो त्यो आएन वैदेशिक लगानीमा केहि वृद्धि भएपनि १६ अर्ब रुपैयामात्र आएको छ । रकम भित्रिने स्रोत संकुचित हुने । तर, बाहिरिने माग बढिरहेका कारण माघमा केन्द्रीय बैंकले एकै पटक दुरगामी असर पर्ने नीति लिँदा बजारमा लगानीयोग्य रकमको चरम अभाव भएको र त्यसैका कारण ब्याजदर बढेको उनीहरुको गुनासो थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो धारणा प्रस्तुत गर्दै १० ठूला संस्थागत निक्षेपकर्तालाई बैंकमा निक्षेप राख्ने नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने गरि नीतिगत व्यवस्था गर्न सुझाए । निक्षेपमा ब्याज बढाउदा पनि बैकिङ माध्यममा पछिल्लो समय बचत बढ़न सकेको छैन् । यसले बैंकहरुको पनि लागत बढ्को उनले जानकारी दिए ।
यसैगरि,उनले अहिले पुनर्कर्जामा बढाइएको ब्याजदर घटाउन माग गरे । नेपाल राष्ट्र बैंकले दुई देखि तीन वर्षे अवधिको कर्जा बैंक वित्तीय संस्थालाई उपलब्ध गराएमा अर्थतन्त्रमा थप रकम प्रवाह गर्नुका साथै सरकारको खातामा थन्किएको रकम बाहिर ल्याउने पुर्नकर्जा लगायतका यी उपाय अबलम्बन गर्न पनि उनले सुझाव दिए । यसैगरी, तरलता अभाव, ब्याजदर वृद्धि, कर्जामा भएको कडाइ लगायतका विषयमा समेत आफ्नो भनाई राखेको उनले जानकारि दिए ।
यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न क्षेत्रहरुलाई खुला गर्नुपर्ने सुझाव दिएको बताए । ‘बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चितिमा परेको दबाब आयात रोकेर नभई विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्राएर कम गर्नुपर्छ । प्रत्यक्ष वैदेशिक लगानीका लागि विभिन्न क्षेत्रमा लगानी खुला गर्नुपर्छ । बढ्दो तरलता अभाव र कर्जाको ब्याजदर वृद्धि रोक्नका लागि सरकात्मक प्रयास गर्नुपर्ने मेरो सुझाव थियो’ अग्रवालले भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको विप्रेषण आप्रवाहलाई सहजीकरण र सरलीकरण गर्नका लागि सुझाव दिएको बताए । आयातलाई रोक्ने भन्दा पनि यसलाई व्यवस्थित गर्दै आन्तरिक उत्पादन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा आफुले जोड दिएको उनको भनाई थियो । उनले रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने, आयातमा आधारित अर्थतन्त्र भएकाले यसलाई रोक्ने भन्दा पनि व्यवस्थित गर्दै आन्तरिक उत्पादन बढाउनका लागि सरकारले भुमिका खेल्नुपर्नेमा सुझाव दिए ।
अर्का उद्योगी शशिकान्त अग्रवालले नेपाली कामदारलाई दक्ष बनाएर मात्रै विदेश पठाउने व्यवस्था मिलाउन सुझाव दिए । अग्रवालले विश्वमा एउटा मात्रै मुलुक नेपाल हो, जहाँ पुँजीगत खर्च गर्न सकस हुन्छ । यो प्रवृत्तिलाई अन्त्य गर्न पनि कांग्रेसले विशेष पहल गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
नेपालमा अहिले २५ हजार भन्दा बढी भारु ओसार पसार गर्न नपाइने व्यवस्था छ । त्यो सीमालाई बढाएर २ लाख रुपैयाँ पु¥याउन थापालाई सरकारसँग लविङ गरिदिन पनि आग्रह गरेका छन् । देश गम्भीर आर्थिक संकटतिर धकेलिँदै गएको छ । यस्तो अवस्थामा थापालाई मध्यस्तकर्ताको भूमिका निर्वाह गरेर अर्थतन्त्रलाई सही दिशामा ल्याउन सुझाएका थिए ।
एक दर्जन व्यवसायीबीच थापाले उद्योगीहरुले दिएका सुझावलाई चरणवद्ध रुपमा कार्यान्वयन गरेर लैजाने बताए । तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामलाई प्राथमिकता छुट्याउने र सोही अनुसार सरकारलाई काम गर्नका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
‘तपाईहरुले दिएका कतिपय सुझाव बजेटबाट कार्यान्यनमा आउँछन्,’ महामन्त्री थापाले उद्योगीसँग भने, ‘अर्थतन्त्रलाई संकटबाट माथि ल्याउन गरिहाल्नुपर्ने काम तत्काल गराउन म लागि पर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।