logo

धितोपत्र बोर्डलाई पूँजीबजारको विकृति रोक्न अर्थमन्त्रीको निर्देशन

    1286   पटक पढिएको

१८ फागुन /अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड ( सेबोन)लाई हाल पूँजीबजारमा भईरहेको विकृतिलाई तत्काल रोक्न निर्देशन दिएका छन ।
बुधबार अर्थमन्त्रालयमा आयोजित ‘पूँजीबजारको वर्तमान अवस्था सम्बन्धी’ छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमाललाई यस्तो निर्देशन गरेका हुन ।
सेयर ब्रोकरले सेयर बिक्रीको काम मात्रै गरेर नपुग्ने भन्दै उनले सेयर ब्रोकरले लगानीकर्तालाई कुन कम्पनीको सेयर किन्ने भनेर जानकारी दिएर मात्र लगानी सुरक्षित गराउनुपर्ने बताए । यसैगरि, उनले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई पुँजी बजार विकास कसरी गर्ने भन्ने विषयमा सुझाव दिँदै ब्रोकरको भूमिका बढाउन आग्रह गरे ।
अर्थमन्त्री शर्माले सेयर कारोबार भए पनि चेतना नभएको भन्दै अब यसकालागि तालिम केन्द्र सञ्चालन गर्नुपर्ने बताए । हाल करिब ५० लाख भन्दा बढीले डिम्याट खाता खोलिसकेको र ११ लाखभन्दा बढी सक्रिय लगानीकर्ता रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘तर उनीहरुमा पुँजीबजार सम्बन्धी ज्ञानको अभाव छ ।’
उनले छरिएको पुँजी एकत्रित गरेर सेयर बजारमा उचितरुपमा लगानी बढाउने वातावरण सिर्जना गर्न समेत बोर्डका अध्यक्षलाई सुझाव दिए । ‘२०७५ सालमा टीएमएस आएको रहेछ तर, त्यो प्रविधिमैत्री छैन भन्ने सुनेको छु, त्यसबाहेक एपीआइको विकास अहिलेसम्म भएको पाइएको छैन’ उनले भने । यस्ता कमजोरिकै कारण आवस्यक परेको बेला डाटा नपाउने अवस्था आएको उनको भनाई छ । उनले नेप्से र सेबोनबीच आपसी तालमेल नभएको विगतका इतिहास भएकाले अब त्यस्तो समस्या नआओस भन्नेमा ध्यान दिन सुझाव दिए ।
यसैगरि, उनले २÷४ जना लगानीकर्ताले सेटिङ गरेर पम्पिङ एण्ड डम्पिङ, इन्साइडर ट्रेडिङ गरेकोदाबी समेत गरे । लगानीकर्ताको लगानीको सुरक्षा गर्नु राज्यको चासो रहेकाले सेबोनले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले कोरोनाको समयमा अन्य मुलुकमा कसरी सञ्चालन भइरहेको भन्दै त्यो पनि अध्ययन गर्न सुझाव दिए ।
त्यसैगरि, अर्थमन्त्री शर्माले लगानीकर्ताको प्रतिफल बढाउने, पुँजी निर्माण कसरी गर्ने भन्नेमा चिन्ता रहेको बताए । उसनले इन्ट्रा डे कारोबार (आजै किनेर आजै बेच्ने), सट सेलिङ कसरी गर्ने हो ? त्यसमा पनि सेबोनको नेतृत्वलाई ध्यान दिन सुझाव दिए ।
बुक बिल्डिङको काम अझै पूरा नभएको भन्दै मन्त्री शर्माले त्यो काम तत्काल शुरु गर्न पनि सुझाव दिए । उनले सेबोन नेतृत्वलाई कति सातामा के काम गर्ने हो टाइम फ्रेम बनाएर काम गर्न समेत सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।