logo

धितोपत्र बोर्डलाई पूँजीबजारको विकृति रोक्न अर्थमन्त्रीको निर्देशन

    1535   पटक पढिएको

१८ फागुन /अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड ( सेबोन)लाई हाल पूँजीबजारमा भईरहेको विकृतिलाई तत्काल रोक्न निर्देशन दिएका छन ।
बुधबार अर्थमन्त्रालयमा आयोजित ‘पूँजीबजारको वर्तमान अवस्था सम्बन्धी’ छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमाललाई यस्तो निर्देशन गरेका हुन ।
सेयर ब्रोकरले सेयर बिक्रीको काम मात्रै गरेर नपुग्ने भन्दै उनले सेयर ब्रोकरले लगानीकर्तालाई कुन कम्पनीको सेयर किन्ने भनेर जानकारी दिएर मात्र लगानी सुरक्षित गराउनुपर्ने बताए । यसैगरि, उनले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई पुँजी बजार विकास कसरी गर्ने भन्ने विषयमा सुझाव दिँदै ब्रोकरको भूमिका बढाउन आग्रह गरे ।
अर्थमन्त्री शर्माले सेयर कारोबार भए पनि चेतना नभएको भन्दै अब यसकालागि तालिम केन्द्र सञ्चालन गर्नुपर्ने बताए । हाल करिब ५० लाख भन्दा बढीले डिम्याट खाता खोलिसकेको र ११ लाखभन्दा बढी सक्रिय लगानीकर्ता रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘तर उनीहरुमा पुँजीबजार सम्बन्धी ज्ञानको अभाव छ ।’
उनले छरिएको पुँजी एकत्रित गरेर सेयर बजारमा उचितरुपमा लगानी बढाउने वातावरण सिर्जना गर्न समेत बोर्डका अध्यक्षलाई सुझाव दिए । ‘२०७५ सालमा टीएमएस आएको रहेछ तर, त्यो प्रविधिमैत्री छैन भन्ने सुनेको छु, त्यसबाहेक एपीआइको विकास अहिलेसम्म भएको पाइएको छैन’ उनले भने । यस्ता कमजोरिकै कारण आवस्यक परेको बेला डाटा नपाउने अवस्था आएको उनको भनाई छ । उनले नेप्से र सेबोनबीच आपसी तालमेल नभएको विगतका इतिहास भएकाले अब त्यस्तो समस्या नआओस भन्नेमा ध्यान दिन सुझाव दिए ।
यसैगरि, उनले २÷४ जना लगानीकर्ताले सेटिङ गरेर पम्पिङ एण्ड डम्पिङ, इन्साइडर ट्रेडिङ गरेकोदाबी समेत गरे । लगानीकर्ताको लगानीको सुरक्षा गर्नु राज्यको चासो रहेकाले सेबोनले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले कोरोनाको समयमा अन्य मुलुकमा कसरी सञ्चालन भइरहेको भन्दै त्यो पनि अध्ययन गर्न सुझाव दिए ।
त्यसैगरि, अर्थमन्त्री शर्माले लगानीकर्ताको प्रतिफल बढाउने, पुँजी निर्माण कसरी गर्ने भन्नेमा चिन्ता रहेको बताए । उसनले इन्ट्रा डे कारोबार (आजै किनेर आजै बेच्ने), सट सेलिङ कसरी गर्ने हो ? त्यसमा पनि सेबोनको नेतृत्वलाई ध्यान दिन सुझाव दिए ।
बुक बिल्डिङको काम अझै पूरा नभएको भन्दै मन्त्री शर्माले त्यो काम तत्काल शुरु गर्न पनि सुझाव दिए । उनले सेबोन नेतृत्वलाई कति सातामा के काम गर्ने हो टाइम फ्रेम बनाएर काम गर्न समेत सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।