logo

विभिन्न २६ कम्पनीले झन्डै ७ अर्ब रुपैयाँ बढीको आइपीओ ल्याउँदै

    1401   पटक पढिएको

१५ फागुन/अर्थ र व्यापार– विभिन्न २६ वटा कम्पनी ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँको ६ करोड ५९ लाख ४९ हजार २८९ रुपैयाँको आइपीओ ल्याउने भएका छन ।
अहिले यि कम्पनीहरु आ आफ्ना तयारीमा जुटेका छन् । यी कम्पनीहरुले आइपीओ निष्काशन गर्नको लागि भन्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । साधारण सेयर निष्काशन गर्न बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा २० वटा त जलविद्युत कम्पनी नै रहेका छन् । बाँकी रहेका कम्पनीमा बीमा कम्पनी २ वटा, माइक्रोफाइनान्स २ वटालगायत कम्पनी छन् ।
पाइपलाइनमा रहेका २६ वटा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्सले भने प्रिमियममा ११२ रुपैयाँ थपेर २१२ रुपैयाँ प्रतिकित्ताका दरले आइपीओ निष्काशन गर्न लागेको जनाएको छ । तर, कम्पनीले धितोपत्र बोर्डले अनुमति नदिएका कारण आइपीओ निष्काशन गर्न पाएको छैन ।
आइपीओ निष्काशनको तयारीमा रहेका अन्य कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी डिस मिडिया नेटवर्क, उपकार लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, सिवाईसि नेपाल लघुवित्त कम्पनी छन् ।
बोर्डको पाइपलाइनमा २ वर्षभन्दा लामो समयदेखि पनि केही कम्पनी रहेका छन् । हिमालयन पावर कम्पनीले २०७६ कात्तिक २७ गते आइपीओ निष्काशन गर्ने भन्दै बोर्डमा पुगेको थियो ।
२०७६ सालको १ माघमा विन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी बोर्डको पुगेको थियो । २ वर्ष पुरा हुँदा पनि कम्पनीले आइपीओ निष्काशन गरेको छैन । अझै पनि पाइपलाइनमै छ । यसैगरि, आइपीओ निष्काशन गर्न भन्दै २०७७ सालको ३० असारमा बोर्डमा पुगेको डिसहोम मिडिया नेटवर्कले पनि अझैसम्म आइपीओ निष्काशन गरेको छैन ।
बोर्डको पाइपलाइनमा मैलुङ हाईड्रोपावर कम्पनी, थ्रिस्टार हाईड्रोपावर, सिक्लेस हाईड्रोपावर, सु्परमाइ हाईड्रोपावर, सान्जेन जलविद्युत कम्पनी (स्थानीय), इन्स्टर्न हाईड्रोपावर, एसियन हाईड्रोपावर, रसुवागढी हाईड्रोपावर (स्थानीय), पिपुल्स पावर, मन्दाकिनी हाईड्रोपावर, दोर्दीखोला जलविद्युत कम्पनी, अप्पर सोलू हाईड्रो इलेक्ट्रिसिटी कम्पनी, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी लगायतको आइपीओ बोर्डको पाइपलाइनमा रहेका छन् ।
यसैगरि, धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण करिब ६ महिना कुनैपनि कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएनन् । अहिले भने बोर्डले अध्यक्ष पाइसकेको छ । पछिल्लो करिब १ महिनाको अन्तरमा ३ वटा कम्पनीले आइपीओ निष्काशन गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।