logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

सेयर, घरजग्गा र अनुत्पादक क्षेत्रको कर्जामा थप कडाई, बैंकदर दुई प्रतिशत बृद्धि

    1131   पटक पढिएको

६ फागुन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सेयर, घरजग्गा र अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाई गर्ने घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, घरजग्गा प्लटिङसम्बन्धी रियलइस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृति (सेयर कर्जा) मा हुने कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले यस्तो जानकारि गराएका हुन । उनले सेयर धितोमा जाने जस्ता कर्जा, जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा नीतिमा पुनरावलोकन हुने बताउँदै समीक्षा मार्फत गरिएको परिमार्जनमा के कति हेरफेर हुन्छ भन्ने विषयमा भने आगामी केही दिनभित्रै जारी हुने सर्कुलरले थप स्पष्ट पार्ने बताए ।
घरजग्गा तथा रियलस्टेट र सेयर धितो ऋणमा अहिले जोखिम भार शतप्रतिशत छ । राष्ट्र बैंकका प्रवक्ता प्रवक्ता. भट्टले समीक्षामा जोखिम भार शतप्रतिशतबाट बढाउने निर्णय भएको बताए । राष्ट्र बैंकले यसअघि नै आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै आयातमा हुने कर्जामा कडाई गरेको थियो । यसैगरि, यसअघि नै सेयर धितोमा जाने कर्जामा पनि ४.१२ को सीमा तोकेर कडाई गरेको थियो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर दुई प्रतिशत विन्दुले बढाएको छ । राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको जनाएको छ ।
यसैगरि, राष्ट्र बैंकले ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको राष्ट्र बैंकका प्रवक्ता भट्टले जानकारी दिए ।
विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ । मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुनरकर्जा सुविधा हटाउने क्रमशः हटाउदै लैजाने निर्णय गरेको हो । पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ । पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ ।
राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधा अन्तर्गत सम्वन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर भन्दा कम हुनेगरी फरक पार्ने सम्वन्धमा पनि अध्ययन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।