logo

विकास खर्च कछुवा गतिमा

७ महिनामा जम्मा १६ प्रतिशत मात्र पुँजीगत खर्च

    1426   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार – सरकारले पूर्वाधार विकास निर्माणका कामहरुलाई तीव्रता दिएको दाबी गरिरहेको क्रममा विगतका वर्षमा झैं यस वर्ष पनि मुलुकको विकास खर्च निराशाजनक नै देखिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बतेका सात महिना गत साउनदेखि माघ मसान्तसम्मको अवधीमा जम्मा १६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च भएको छ ।
चालू आर्थिक वर्ष समाप्त हुन अब पाँचमहिना मात्र बाँकी रहँदासमेत जम्मा १६ प्रतिशत मात्र विकास खर्च हुनु निकै निराशाजनक भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको सात महिनाको अन्तिमदिन २९ माघसम्म जम्मा ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६ दशमलव शून्य ८ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको लक्ष्य राखेको थियो । यो लक्ष्यलाई पनि अझै बजेटको अर्धवार्षिक समीक्षामार्फत घटाएर जम्मा ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँमा झारिएको छ । यो कुल विनियोजित लक्ष्यको ९० दशमलव शून्य १ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको बितेका ७औं महिना माघ मसान्तसम्म कुल बजेट खर्च भने ५ खर्ब ९१ अर्ब २ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । जसमध्ये चालू खर्च ४ खर्ब ७५ अर्ब ६२ करोड ४० लाख रुपैयाँ रहेको छ ।
सो अवधीमा यसरी गरिएको चालू खर्चभित्र प्रदेश र स्थानीय सरकारलाई गएको अनुदान रकम समेत समावेश भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू खर्च विनियोजनको तुलनामा ४४ दशमलव ६५ प्रतिशत भएको हो ।
समीक्षा अवधीमा कुल बजेट खर्चको प्रगति भने ३६ दशमलव २ प्रतिशत रहेको छ । यसअवधिमा वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ६१ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्म ५२ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व संकलन यो वर्ष लक्ष्यअनुसार भइरहेको सरकारको दाबी छ । यसरी राजस्व लक्ष्य अनुसारकै संकलन भएको देखिनुमा खासगरी भन्सार राजस्वले ठूलो योगदान गरिरहेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको बितेका ७ औं महिना माघ मसान्तसम्ममा ६ खर्ब १३ अर्ब ४१ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ५१ दशमलव ९६ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि सरकारले कुल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
अहिलेसम्मको अवधिमा अनुदान प्राप्ति १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँको मात्र भएको छ । यो पनि लक्ष्यको २३ दशमलव १७ प्रतिशत मात्र हो । अहिलेसम्मको अवस्थामा राजश्व संकलनदर लक्ष्यअनुसारको देखिए पनि मुलुकको विकास खर्च एकदमै कछुवा गतिमा भइरहेकाले अब यस्तो गति बढाउनेतर्फ पनि महालेखा नियन्त्रक कार्यालयले सरकारको ध्यानाकषर्ण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।