logo

मुलुकको व्यापार घाटा चुलियो ,६ महिनामा झन्डै ९ खर्ब नाघ्यो 

१० खर्ब रुपैयाँको सामान आयात

    1218   पटक पढिएको

१० माघ /अर्थ र व्यापार – पछिल्लो समय मुलुकको व्यापार घाटा दैनिक अश्वभाविक रुपमा बढेर थप चुलिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ६ महिनाको अवधीमा मुलुकको व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । 
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा ४६ दशमलब ६४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको सोही अवधीमा मुलुकको व्यापार घाटा जम्मा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ मात्र थियो । अहिले त्यो अवधीको भन्दा झन्डै १ खर्ब रुपैयाँले व्यापार घाटा बृद्धि भएको भन्सार विभागले जनाएको छ ।  
भन्सार विभागका अनुसार अघिल्लो आवको भन्दा चालु आवको वितेका ६ महिनाको अवधीमा कुल ७४ अर्ब ४ करोड ५५ लाख ६६ हजार रुपैयाँले देसको व्यापार घाटा बृद्धि भएको छ । दैनिक व्यापार घाटा बढ्नुको मुख्य कारण विभिन्न देशबाट नेपाल भित्रिने सामानको आयात बढ्नु नै भएको विभागले जनाएको छ ।  
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले हाल देखिएको मुलुकको व्यापार घाटाको अवस्था एकदमै चिन्ताजक रहेको बताए । उनले हरेक उपभोग्य बस्तुमा परनिर्भरता एवं आयातमुखी अर्थतन्त्रले अहिले मुलुकले यस्तो अवस्था भोग्नुपरेको बताए । पछिल्लो समय सरकारले आयात नियन्त्रणमा जोड दिएपनि अझै अपेक्षाकृत रुपमा उपलब्धी नदेखिएको उनको भनाई छ ।  
विभागका अनुसार चालु आर्थिक वर्षको वितेका ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशत धेरैले विभिन्न बस्तुहरुको आयात बढेको छ । आयात उच्चदरले बढेपछि यसअवधिमा व्यापार घाटा समेत साढे ४६ दशमलब ६४ प्रतिशत धेरैले बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वितेका ६ महिनाको अवधिमा नेपालले झन्डै १० खर्ब रुपैयाँको सामान तथा बस्तु आयात गरेको छ । चालु आवको वितेका ६ महिना गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु आयात गरेको देखिएको छ । 
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातदर ५१ दशमलब १३ प्रतिशतले बढी हो । अधिल्लो आवको सोही अवधीमा नेपालले जम्मा ६ खर्ब ६१ अर्ब बराबरको सामान आयात गरेको थियो ।
यसैगरि, चालु आवको ६ महिनाको अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोढ ९ लाख ६० हजार रुपैयाँ बराबरको सामान निर्यात भएकोे छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात ९५ दशमलब ४८ प्रतिशतले बढेको हो । 
अधिल्लो आवको पहिलो ६ महिनामा नेपालले ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको सामान तथा बस्तु निर्यात गरेको थियो । पछिल्लो समय मुलुकको निर्यात बढेपनि अझै व्यापार घाटा एकदमै अश्वभाविक रुपमा बढेको विभागले जनाएको छ । 
यसरी अत्यधिक रुपमा मुलुकको व्यापार घाटा बढेसँगै अहिले सम्बन्धीत सरोकारवालाहरुले गम्भिर चिन्ता व्यक्त गरेका छन । उनीहरुले अब यस्मा सरकार गम्भिर नभए देसलाई आवस्यक वैदेशिक मुद्रा संचितीमा प्रभाव पर्ने र आवस्यक परेको बेला विदेशबाट ल्याउनुपर्ने अत्यावस्यक सामान ल्याउन समेत अप्ठेरो हुने अवस्था आइलाग्ने बताएका छन ।  
सो अवधीमा मुलुकको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ बराबरको भएको थियो । जसमध्ये व्यापारमा आयातको हिस्सा ८९ दशमलब ३७ प्रतिशत र निर्यातको हिस्सा १० दशमलब ६३ प्रतिशत रहेको विभागले जनाएको छ ।
हाल देशभर सञ्चालित दुई दर्जन भन्सार नाकाहरुमध्ये पाँचवटा भन्सार नाकाबाट उच्च रुपमा वैदेशिक व्यापार हुने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य पाँचवटा नाकाहरुबाट मात्रै ८० प्रतिशत बढी आयत निर्यात हुने गरेको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आवको वितेका ६ महिना साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर भन्सार र वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार नाकाहरुबाट सबैभन्दा धेरै सामान तथा बस्तुहरु आयात र निर्यात भएको थियो । 
जसमध्ये सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुने उत्कृष्ट भन्सारमा वीरगञ्ज भन्सार नाका पहिलो नम्बरमा रहेको छ । यो नाकाबाट सो अवधीमा कुल आयातको ३४दशमलब ८० प्रतिशत आयत तथा कुल निर्यातको ४७ प्रतिशत निर्यात भएको छ ।
यस नाकाबाट वितेको ६ महिनाको अवधिमा ३ खर्ब ४७ अर्ब ७९ करोड ७१ लाख २६ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको थियो । यस नाकाबाट सो अवधिमा कुल ५५ अर्ब ८६ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको थियो । 
यसैगरि, उत्कृष्ट दोस्रो स्थानमा रहेको भैरहवा नाकाबाट वितेको ६ महिनाको अवधिमा १ खर्ब ६२ अर्ब ३८ करोड ११ लाख ७५ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको थियो । जुन कुल आयातको १६ दशमलव २५ प्रतिशत हो । सोही अवधिमा भैरहवा नाकाबाट ३९ अर्ब ५० करोड ४० लाख ८१ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको थियो । जुन कुल निर्यातको ३ दशमलब ३२ प्रतिशत हो । 
उत्कृष्ट तेस्रो नम्बरमा रहेको त्रिभुवन अन्तर्रािष्ट्रय बिमानस्थालभन्सार नाकाबाट वितेका ६ महिनाको अवधिमा १ खर्ब २३ अर्ब ९३ करोड ६२ लाख ७० हजार रुपैया बराबरको बस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १२ दशमलब ४० प्रतिशत हो । सोही अवधिमा यस भन्सार नाकाबाट कुल १६ अर्ब ८० करोड १५ लाख ९१ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु निर्यात भएको थियो । जुन कुल निर्यातको १४ दशमलव १४ प्रतिशत हो । 
त्यसैगरि, उत्कृष्ट चौथो नम्बरमा रहेको विराटनगर भन्सार नाकाबाट सो अवधीमा कुल १ खर्ब १५ अर्ब ७७ करोड ८३ लाख ३ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु आयात भएको थियो । यो कुल ११ दशमलव ५९ प्रतिशत हो । सो अवधिमा सामान निर्यातमा दोस्रो स्थानमा भने विराटनगर रहेको छ । यस नाकाबाट ३३ अर्ब ३७ करोड ७८ लाख ४२ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको थियो । यो कुल निर्यातको २८ दशमलब ८ प्रतिशत हो । 
सो अवधीमा सबैभन्दा धेरै वस्तु तथा सामान आयात गर्ने उत्कृष्ट पाँचौ स्थानमा वीरगञ्ज डाईपोट रहेको छ । यस डाईपोट भन्सार नाकाबाट सो अवधीमा १ खर्ब ९ अर्ब ४७ करोड ९८ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १० दशमलव ९६ प्रतिशत हो । 
त्यसैगरि, निर्यातको आधारमा उत्कृष्ट चौथो स्थानमा मेची भन्सार नाका रहेको छ । सो समयमा मेची भन्सार नाकाबाट ५ अर्ब २० करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।  यो कुल निर्यातको ४ दशमलब ३२ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।