logo

प्रस्तावित नयाँ विधानले महासंघमा भूकम्प, वर्तमान उपाध्यक्षहरु र पदाधिकारी नै असन्तुष्ट

    1416   पटक पढिएको

२ पुस/अर्थ र व्यापार – निजी क्षेत्रको संघिय प्रतिनीधिमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको प्रस्तावित सुझावलाई लिएर अहिले महासंघमा आवद्ध व्यवसायीबीच भूकम्प नै गएको छ ।
महासंघको विधान संशोधन समितिले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद हटाउन सुझाव दिएपछि अहिले महासंघमा भुकम्प नै गएझै अवस्था आइलागेको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिले यस्तो प्रस्ताव सहितको सुझाव दिएको थियो ।
महासंघको नयाँ विधानका लागि सुझाव दिन गठन गरिएको सो समितिले दिएको सुझावप्रति अहिले महासंघका तीनजना वर्तमान उपाध्यक्षहरु र अन्य पदाधिकारीहरु नै असन्तुष्ट देखिएका छन् भने अन्य व्यवसायी पनि बेखुसी भएका छन् । 
नयाँ विधान तयार पार्नकालागि महासंघले गठन गरेको पूर्व अध्यक्ष जोशी संयोजकत्वको समितिले बरिष्ठ उपाध्यक्ष पद हटाउने, वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने जस्ता विषय हटाएर अब प्रत्यक्ष निर्वाचित अध्यक्ष बनाउन सुझाव दिएको थियो । यसैगरि, सो समितिले कोषाध्यक्ष पद पनि हटाएर उपाध्यक्षले नै कोषाध्यक्षको जिम्मेवारी लिनेगरि नयाँ व्यवस्था गर्ने सुझाव दिइएको थियो ।
विधान मस्यौदा सुझाव समितिले बरिष्ठ उपाध्यक्ष पद हटाउन गरेको सुझावलाई महासंघका अहिलेका तीनजना उपाध्यक्षहरुले असन्तुष्टी जनाएका हुन् । महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ (उद्योग), अन्जनकुमार श्रेष्ठ (वस्तुगत) र रामचन्द्र संघाई (एसोसिएट) व्यवसायीहरु यस्तो प्रस्तावबाट असन्तुष्ट देखिएका हुन् । 
महासंघका वर्तमान उपाध्यक्षहरु नै नयाँ व्यवस्थाप्रति असन्तुष्ट रहेको विधान समस्यौदा सुझाव समितिका एक सदस्यले जानकारि दिए । ‘अहिलेका उपाध्यक्षहरुलाई अर्काे पटक आफु वरिष्ठ उपाध्यक्ष भईहाल्छु भन्ने रहेछ, बरिष्ठ उपाध्यक्ष पदमा अहिलेका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जनकुमार श्रेष्ठ र रामचन्द्र संघाईबीच मात्रै प्रतिस्पर्धा हुने हो र आफुहरुले अन्य दुई जनालाई सजिलै जितिहालिन्छ  नि भन्ने मनोविज्ञान तीनै जनामा रहेछ, त्यसैले बरिष्ठ उपाध्यक्ष पद हटाएर प्रत्यक्ष निर्वाचित अध्यक्ष बनाउने समितिको सुझावमा उहाँहरु तीनैजना उपाध्यक्षहरु को असन्तुष्टी देखियो हो ’ विद्यान संसोधन समिति मस्यौदा सुझाव समितिका एक सदस्यले भने ।
महासंघको नयाँ विधानको लागि समितिले पेश गरेको यस्तो सुझावप्रति महासंघकै कार्यसमिति सदस्यहरु र अन्य सदस्यहरुले पनि असन्तुष्टी जनाएका छन् । मस्यौदा निर्माणका क्रममा आफूहरुसँग कुनै परामर्श र छलफल नभएको भन्दै महासंघको कार्यसमितिका केही सदस्य र जिल्ला तथा नगरका सदस्यहरुले पनि असन्तुष्टी जनाएका छन् । यस्तै, एसोसिएट र वस्तुगत संघका केही सदस्यको पनि असन्तुष्टी देखिएको छ । तर, समितिका संयोजक जोशीले भने सरोकारवालाहरुसँग व्यापक छलफल र परामर्शपछि आफुहरुले यस्तो सुझाव तयार पारिएको दाबी गरेका छन । 
‘महासंघको नेतृत्वको पनि विधान संशोधन गर्नुपर्ने पहिलो प्राथमिकता राखेको थियो, त्यही अनुसार समितिले महासंघलाई बलियो र दरिलो रुपमा अगाडि बढ्नको लागि सहयोग पुग्नेछ, अहिले बनेको बिधानले अब प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष छान्ने प्रावाधान गरिएको छ तर, यो विधानले अहिलेका बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षमा निर्वाचित गरेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई महासंघको स्वतः अध्यक्ष बन्न भने रोक्ने छैन । ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्ति भने प्रत्येक्ष निर्वाचन लड्नु पर्छ’ संयोजक जोशीले विधान मस्यौदा महासंघ नेतृत्वलाई बुझाउँदै भनेका थिए ।
महासंघले नै गठन गरेको समितिले दिएको यस्तो सुझावप्रति महासंघका उपाध्यक्षहरु र कार्यसमिति सदस्यहरु नै असन्तुष्ट बनेपछि अहिले अध्यक्ष शेखर गोल्छा समेत चेपुवामा परेका छन् । उनले महासंघको साधारणसभा नै विधान संशोधन मस्यौदा पेश गर्ने घोषणा गरिसकेका छन् भने कार्यसमितिले निर्णय नगरी त्यस्तो प्रस्ताव साधारणसभामा पेश हुन सक्दैन । ‘उहाँ (अध्यक्ष गोल्छा) ले यसअघिको साधारणसभा नै विधान संशोधनकोलागि मस्यौदा पेशगर्ने घोषणा गरिसक्नु भएको छ, तीनैजना वर्तमान उपाध्यक्षहरु र कार्यसमितिका केही सदस्य पनि नयाँ मस्यौदाप्रति असन्तुष्ट देखिएपछि कार्यसमितिले निर्णय गरेर आगामी साधारणसभामा पेश गर्न समस्या देखिएको छ, यो विषयलाई महासंघ अध्यक्ष गोल्छाले कसरी अघि बढाउछन भन्ने विषय अहिलेको लागि सबैको चासो विषय बन्यो’ महासंघका एक पदाधिकारीले भने । समितिले दिएको यस्तो सुझावपछि अहिले महासंघका व्यवसायीबीच भूकम्पको अवस्था उत्पन्न भएको उनको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।