logo

रेमिट्यान्स भित्रिनेक्रम निरन्तर घट्यो , चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ मात्र भित्रियो

    1495   पटक पढिएको

१ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्षको वितेका चारमहिनाको अवधी कात्तिकमसान्तसम्ममा पनि रेमिट्यान्स (विप्रेषण आप्रबाह) मा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । गत कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह दर ७ दशमलब ५ प्रतिशतले घटेको छ । 
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितीको विवरण अनुसार रेमिट्यान्स भित्रिने क्रममा यस्तो अवस्था देखिएको हो ।  राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को वितेका ४ महिनाको अवधी कात्तिकमसान्तसम्ममा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 
यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलब ५ प्रतिशतले न्युन हो । गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलब २ प्रतिशतले बढेको थियो । 
यसैगरी, चालु आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा अहिलेको यो कत्तिकमा झन घटेको छ । चालु आवको कात्तिक महिनामा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालु आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालु आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीकालागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्यात्मक रुपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९५ लशमलब ७ प्रतिशतले घटेको थियो । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलब १ प्रतिशतले वृद्धिभई ५९ हजार ७२३ जना पुगेको छ । 
गत आवको सोही अवधिमा यस्तो संख्या ७८ दशमलब ९ प्रतिशतले घटेको थियो । 
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ जना पुग्नु मुलुकको श्रम व्यवस्थापनकालागि निकै राम्रो पक्ष भएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले कोरोना कहरकाबीच वैदेशिक रोजगारीमा जाने संख्या निकै राम्रो भएको बताएका छन । 
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या समीक्षा अवधिमा २४९ दशमलब १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ ।
समिक्षा अवधीमा चालु आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७ दशमलब ४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपौयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलब ९ प्रतिशतले बढेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।