logo

रेमिट्यान्स भित्रिनेक्रम निरन्तर घट्यो , चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ मात्र भित्रियो

    1248   पटक पढिएको

१ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्षको वितेका चारमहिनाको अवधी कात्तिकमसान्तसम्ममा पनि रेमिट्यान्स (विप्रेषण आप्रबाह) मा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । गत कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह दर ७ दशमलब ५ प्रतिशतले घटेको छ । 
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितीको विवरण अनुसार रेमिट्यान्स भित्रिने क्रममा यस्तो अवस्था देखिएको हो ।  राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को वितेका ४ महिनाको अवधी कात्तिकमसान्तसम्ममा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 
यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलब ५ प्रतिशतले न्युन हो । गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलब २ प्रतिशतले बढेको थियो । 
यसैगरी, चालु आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा अहिलेको यो कत्तिकमा झन घटेको छ । चालु आवको कात्तिक महिनामा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालु आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालु आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीकालागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्यात्मक रुपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९५ लशमलब ७ प्रतिशतले घटेको थियो । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलब १ प्रतिशतले वृद्धिभई ५९ हजार ७२३ जना पुगेको छ । 
गत आवको सोही अवधिमा यस्तो संख्या ७८ दशमलब ९ प्रतिशतले घटेको थियो । 
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ जना पुग्नु मुलुकको श्रम व्यवस्थापनकालागि निकै राम्रो पक्ष भएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले कोरोना कहरकाबीच वैदेशिक रोजगारीमा जाने संख्या निकै राम्रो भएको बताएका छन । 
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या समीक्षा अवधिमा २४९ दशमलब १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ ।
समिक्षा अवधीमा चालु आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७ दशमलब ४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपौयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलब ९ प्रतिशतले बढेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।