logo

बीमा समितिको नयाँ कार्यालय भवन निर्माण हुँदै,  अर्थमन्त्रीले गरे भवनको शिलान्यास 

    1419   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – बीमा समितिले आफ्नै नयाँ कार्यालय भवन बनाउन सुरु गरेको छ । सोमबार समितिको कुपण्डोलस्थित जग्गामा बनाउन लागिएको सो भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन । सो कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पनि सहभागीता रहेको थियो । 
यसैगरि, नयाँ कार्यालय भवन शिलान्यास कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका निमित्त कार्यकारी निर्देशक निरज गिरी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली लगायतको उपस्थिति थियो । 
भवन शिलान्या गर्दै अर्थमन्त्री शर्माले बीमा क्षेत्रको आवश्यकतासँग बीमा समिति जोडिनुपर्ने बताए । उनले भने, ‘बीमा समितिले भवन बनाउने नयाँ कामको सुरूवात गरेको छ । यससँगै नियमनकारी संस्थाको रूपमा गर्नुपर्ने कामहरू पनि समितिले गर्दै जानुपर्छ । अहिले नयाँ भवनसँगै बीमा क्षेत्रले नयाँ ऐनको पनि माग गरेको छ । बीमा क्षेत्रको आवश्यकतासँग पनि बीमा समिति जोडिनुपर्छ ।’ 
यसैगरि, अर्थमन्त्री शर्माले सबैभन्दा पहिले जोखिम के हो ? भन्ने कुरा पनि बीमा कम्पनीले जान्नु जरूरी रहेको बताए । उनले बीमा कम्पनीको संख्या अनुसार बीमाको पहुँच न्यून रहेको, गरिबलाई बीमाले नसमेटेको, बीमाको दावी भुक्तानी पाइँन भन्दै केही बीमित अर्थमन्त्रालयसम्म धाउनुपरेको तितो यथार्थका बारेमा समेत सुनाएका थिए । 
उनले कोरोना बीमाको प्रसंग जोड्दै महामारीको बीमा गर्ने नेपाल एक मात्रै देश रहेको र दावी भुक्तानीको समस्या समाधानका लागि गृहकार्य भइरहेको बताए । मन्त्री शर्माले भुक्तानी पाइन भनेर बीमितले अन्यत्र धाउने अवस्थाको पनि अन्त्य हुनुपर्ने बताए ।
यसैगरि, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नियमनकारी निकायको भवन र वातावरण राम्रो हुनुपर्ने भन्दै अब बीमा समितिले गरेको उद्घाटन अरूको लागि उदाहरण बन्ने बताइन । 
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बाध्यात्मक हिसाबले बीमा गर्ने प्रवृत्ति कायम रहेको र त्यसमा सुधार हुनुपर्ने बताए । भवन निर्माण विभागका महानिर्देशक मैनालीले करबाहेक ४१ करोड ९२ लाख रूपियाँमा भवनको सम्झौता भएको र सकेसम्म छिटो भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । बीमा समितिका अध्यक्ष सिलवालले सरकारले निर्देशन दिएअनुसार बीमाको ३३ प्रतिशत पहुँच पुर्याउन आफूहरूले काम गरिरहेको बताए । 
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भवन निर्माण अवधि २४ महिना रहेको भन्दै यस भवन निमार्णले आफूहरूमा थप नयाँ उत्साह थपेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।