logo

विलासिताका वस्तुको आयातमा कडाई गर्न अर्थमन्त्री, पूर्वअर्थमन्त्री र गभर्नरको साझा धारणा

    1589   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– अर्थमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातमा कडाई गर्नुपर्ने साझा धारणा राखेका छन् । अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री लगायत तीनै जनाले यस्तो धारणा राखेका हुन । उनीहरुले अहिले आयात बढेको र देशको अर्थतन्त्रमै असर पु¥याएकोले विलासिताका वस्तु आयातमा कडाई गर्नुपर्ने धारणा राखे । 
छलफको सरुमा आफ्नो धारणा राखेका अर्थमन्त्री जनार्दन शर्माले विलासिताको वस्तुहरुमा थोरै ‘मार्जिन’ राखेर ल्याउन पाउने लगायतको विषयमा छलफल भइरहेको बताए । उनले अदालतले कतिपय बेला ‘स्टे अर्डर’ जारी गरिरहेकाले नियन्त्रणमा केही कठिनाइ भइरहेका बताउँदै मन्त्रालयले अहिलेको अवस्थालाई अध्ययन गर्दै विलासिताका वस्तु आयातमा कडाई गर्ने नीति लिने प्रष्ट पारे ।
‘अहिले सुपारी आयातमा पनि कडाइ गरिएको छ, हिजोको सरकारले सुपारी आफ्नो तवरले ल्याउन पाउने नीति बनाएको लगायतका विविध समस्याले पैठारी भइरहेको थियो, ती लगायतका विषयलाई मध्यनजर गर्दै आयातमा कडाइ गरेका छौं, अझै कसरी आयातलाई प्रतिस्थापन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने ।
उनका अनुसार चाँदीमा भन्सार बढाएर एकपटकमा ३५ हजार डलरभन्दा बढीको आयात गर्न नपाउने भनेपछि अहिले केही नियन्त्रण भएको छ । ‘चाँदी अत्याधिक वृद्धि भएको थियो, सुनको बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याउने प्रवृत्ति बढेकाले भन्सारमा कडाई गरिएको छ, त्यो प्रवृत्ति अत्यन्तै बढेकाले अर्थ मन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको छ, जसकारण त्यहाँ दैनिक १९÷२० किलो सुन जम्मा भइरहेको छ, ती सुन भन्सार तिरेर मात्र लैजाने व्यवस्था भएको छ’ उनले भने ।

सो छलफल कार्य्रक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि आयातमा कडाई गर्ने तयारी भइरहेको बताए । ‘आयातमा ‘अन्वान्टेड’ वस्तुलाई निरुत्साहन गर्नु पर्ने बेला आएको छ, मार्जिन राखेर हुन्छ कि वा कसरी हुन्छ, ती वस्तुहरुमा कडाई गर्नु पर्नेछ, प्रतिबन्ध नै गर्ने भन्ने चाहिँ हुँदैन,’ उनले भने ।
उनले अहिले तरलतामा पनि निकै चाप परेको धारणा राखे ।  ‘साउनदेखि हालसम्म कर्जा ४११ अर्ब रुपैयाँले बढेको छ, तर निक्षेप ६४ अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ, यो तथ्यांकले पनि केही सन्देश दिन्छ, राष्ट्र बैंक्ले पनि यो अवधिमा विभिन्न मौद्रिक उपकरणहरु प्रयोग गरेर २३ खर्ब ८६ अर्ब रुपैयाँ बजारमा पठाएका छौं’ उनले भने ।
अधिकारीका अनुसार हाल बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँ मात्रै अधिक तरलता छ । उनले व्याजदर पनि औसत ९ प्रतिशत र कर्जा–निक्षेप अनुपात ९१ प्रतिशतको हाराहारीमा रहेको जानकारी गराए । अनुत्पादक क्षेत्रमा कर्जाको माग बढ्दा र सरकारी पुँजीगत खर्च नहुँदा तरलताको अभाव सिर्जना भएको पनि उनको बुझाई छ ।
छलफल कार्य्रक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि विलासिताका वस्तु आयातमा कडाई नगर्नुको विकल्प नरहेको बताएका छन् । अहिले बजारमा तरलताको अभाव व्याप्त रहेको बताउँदै उनले विलासिता वस्तु आयतमा कमि गर्नु पर्ने उनको पनि धारणा छ ।
‘केही निश्चित वस्तुमा कडाई गरेर काम गर्न सकिन्छ, जस्तै सुन, चाँदी, गाडी, सुपारी लगायतका वस्तुमा के गरेर हुन्छ कडाई गरेर त्यस्ता वस्तुको आयातमा कडाई गर्न आवश्यक छ, गाडीमा भन्सार दर बढाउन सकिने अवस्था पनि छैन, त्यसमा स्वभाविक रुपमा बढी नै छ, निश्चित सीमा वा कोटा दिएर वा के गरेर हुन्छ कडाई नगर्नुको विकल्प म देख्दिन,’ उनले भने । यसैगरि, उनले यही अवस्था भयो भने अर्थ व्यवस्था नै क्रयास हुने सम्भावना पनि रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।