logo

करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाउन महासंघको माग

    1178   पटक पढिएको


१७ मंसिर /अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाएर सरल बनाउन सरकारसँग माग गरेको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई महासंघको प्रतिनिधिमण्डलले भेटेको थियो । सो भेटमा महासंघले विभागलाई बुझाएको सुझावमा सरकारका कानुनलाई सरकारी निकायलै नै करबारे फरक–फरक व्याख्या गर्ने भएकाले व्यवहारिक कठिनाई भएको उल्लेख गरेको छ ।
करमा रहेका नीतिगत र व्यवहारिक कठिनाई हटाउन भन्दै महासंघले निजी क्षेत्रको पुँजीलाई अधिकत्तम लाभ हुने गरी परिचालनको वातावरण बनाउन माग गरेको छ ।
आर्थिक ऐन २०७८ को दफा २० बमोजिम यहि मंसिरभित्र मुद्दा फिर्ता लिन म्याद थप हुनुपर्ने माग अघि सारेको छ ।  राजस्व न्यायाधीकरण काठमाडौंमा अध्यक्ष नभएका कारण फिर्ता लिन नपाएको भन्दै महासंघले यस्तो माग राखेको हो ।
अनुसूची १० मा टीडीएस कट्टा गर्ने व्यक्ति वा संस्थाले अध्यावधिक नगरेको खण्डमा आफ्नो प्रमाणको आधारमा मिलान गर्न पाउनुपर्ने माग समेत महासंघले गरेको छ । यसैगरि, अग्रिम कर दाखिला रकमलाई करदाताले दुई आर्थिक वर्ष वा अर्को आर्थिक वर्षमा टुक्राएर बढी भएको रकम समेतलाई मिलान गर्न पाउनु पर्ने माग समेत महासंघको छ ।
औद्योगिक व्यवसायिक ऐन २०७६ को दफा ५४ मा व्यवसायिक सामाजिक जिम्मेवारीसम्बन्धी बाध्यताकारी व्यवस्था भए बमोजिम गरेको प्रोभिजन गरेको रकमलाई आयकरमा खर्च कट्टी गर्न पाउनु पर्ने माग महासंघले अघि सारेको छ । आयकर ऐनको दफा ५७ नियन्त्रणमा परिवर्तनलाई सरलीकरण गर्न महासंघले भनेको छ । 
उधारोमा बिक्री भएको मालवस्तुको लागत मूल्य समेत आसामीहरुबाट उठ्न नसकेको कारणले उद्योगी व्यवसायीलाई मर्का परिरहेको भन्दै महासंघले कर कार्यालयले व्याज अमान्य नमान्नु न्यायोचित नभएको समेत बताएको छ । लागत मूल्यभन्दा घटीमा बिक्री गरेको बिललाई मान्यता दिनुपर्ने भन्दै महासंघले फरक रकमलाई न्यूनविजकीकरण भनि आयमा समावेश नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
राजस्व विवादमा प्रशासकीय पुनरावलोकन र पुनरावेदनको फैसला ढिला हुँदा उत्पन्न कठिनाइबारे समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।