logo

करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाउन महासंघको माग

    1411   पटक पढिएको


१७ मंसिर /अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाएर सरल बनाउन सरकारसँग माग गरेको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई महासंघको प्रतिनिधिमण्डलले भेटेको थियो । सो भेटमा महासंघले विभागलाई बुझाएको सुझावमा सरकारका कानुनलाई सरकारी निकायलै नै करबारे फरक–फरक व्याख्या गर्ने भएकाले व्यवहारिक कठिनाई भएको उल्लेख गरेको छ ।
करमा रहेका नीतिगत र व्यवहारिक कठिनाई हटाउन भन्दै महासंघले निजी क्षेत्रको पुँजीलाई अधिकत्तम लाभ हुने गरी परिचालनको वातावरण बनाउन माग गरेको छ ।
आर्थिक ऐन २०७८ को दफा २० बमोजिम यहि मंसिरभित्र मुद्दा फिर्ता लिन म्याद थप हुनुपर्ने माग अघि सारेको छ ।  राजस्व न्यायाधीकरण काठमाडौंमा अध्यक्ष नभएका कारण फिर्ता लिन नपाएको भन्दै महासंघले यस्तो माग राखेको हो ।
अनुसूची १० मा टीडीएस कट्टा गर्ने व्यक्ति वा संस्थाले अध्यावधिक नगरेको खण्डमा आफ्नो प्रमाणको आधारमा मिलान गर्न पाउनुपर्ने माग समेत महासंघले गरेको छ । यसैगरि, अग्रिम कर दाखिला रकमलाई करदाताले दुई आर्थिक वर्ष वा अर्को आर्थिक वर्षमा टुक्राएर बढी भएको रकम समेतलाई मिलान गर्न पाउनु पर्ने माग समेत महासंघको छ ।
औद्योगिक व्यवसायिक ऐन २०७६ को दफा ५४ मा व्यवसायिक सामाजिक जिम्मेवारीसम्बन्धी बाध्यताकारी व्यवस्था भए बमोजिम गरेको प्रोभिजन गरेको रकमलाई आयकरमा खर्च कट्टी गर्न पाउनु पर्ने माग महासंघले अघि सारेको छ । आयकर ऐनको दफा ५७ नियन्त्रणमा परिवर्तनलाई सरलीकरण गर्न महासंघले भनेको छ । 
उधारोमा बिक्री भएको मालवस्तुको लागत मूल्य समेत आसामीहरुबाट उठ्न नसकेको कारणले उद्योगी व्यवसायीलाई मर्का परिरहेको भन्दै महासंघले कर कार्यालयले व्याज अमान्य नमान्नु न्यायोचित नभएको समेत बताएको छ । लागत मूल्यभन्दा घटीमा बिक्री गरेको बिललाई मान्यता दिनुपर्ने भन्दै महासंघले फरक रकमलाई न्यूनविजकीकरण भनि आयमा समावेश नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
राजस्व विवादमा प्रशासकीय पुनरावलोकन र पुनरावेदनको फैसला ढिला हुँदा उत्पन्न कठिनाइबारे समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।