logo

मोबाइलको बजार व्यवस्थित गर्न एमडिएमएस तत्काल लागु हुने अर्थमन्त्रीको उद्घोष 

    617   पटक पढिएको

१५ मंसिर/ अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् । 
नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।
आफुले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएकाले तत्काल लागु गर्न निर्देशन दिइसकेको र  छिटै नै लागु हने बताउँदै
मन्त्री शर्माले भने, ‘केलाई अबैध भन्ने हो ? यहाँ त बैध रुपमा अबैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अबैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ केजी अबैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ ।’
उनले विदेशबाट बैधानिक रुपमा नै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए ।  ‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ । ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अली समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ’ उनले भने । 
विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भई बिक्री बितरण भइरहेको स्वीकार गर्दै उनले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
उनले मोबाइल मानिसको क्षमताभन्दा पनि अघि बढिसकेको बताउँदै प्रविधिसँगै मानिसको क्षमता पनि बृद्धि गर्नुपर्ने भएको बताए । मोबाइल फोनले हाम्रो आवश्यकताअनुसार चल्न सहज भएको छ । यसमा कनेक्टिभी, सञ्चार, मनोरञ्जन, सूचना सबै चीज अटाएको छ । यो अत्यावश्यक बस्तु भएको छ । त्यसकारण पनि मोबाइलमा सरकारले कडाइ गर्न नै सक्दैन । बिलासिताको बस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुन आग्रह गदै उनले मोबाइलको कारण डिजिटल विश्व बनिसकेको र डिजिटल नेपाल निर्माणमा पनि मोबाइल फोनजस्ता डिभाइसको आवश्यकता रहेको बताए । यसबाट हुने बिकृत्तिबाट भने सबै बच्नुपर्ने उनको भनाई थियो । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए । उनले संसारलाई जोड्ने मोबाइल फोनबारे भने, ‘अहिले संसारमा आविस्कारमध्ये सबैभन्दा प्रभावकारी दुइ वटा मात्रै छन् । एउटा हवाइ जहाज र अर्को मोबाइल फोन । हवाइजहाज र मोबाइलले नै संसारलाई एउटा घर बनाइदिएको छ । त्यसका कारण मोबाइल फोनलाई बिलासिता भन्नु नै गलत हो ।’ उनले अहिले मोबाइल फोन अबैध रुपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अबैध आयात रोक्नैपर्ने बताए । 
उनले अहिले पनि ८० प्रतिशत रोजगारी लगायत अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रुपमा रहेको बताउदै यसलाई एक चरण सेरकारले  नै औपचारिक बनाउन प्रस्ताव पनि गरे । 
मोवाइल फोन आयातकर्ता व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य सर्त भएको बताए । उनले भने, चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागु हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नुभएको छ ।  लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य सर्त हो ।’
उनले बजारको अबैध कारोबारको सुरुवात क्यान्सर भाइरसजस्तै भएको बताउँदै समयमै काटेर नफाले क्यान्सर नै हुने खतरा बढेको बताए । व्यवसायी मल्होत्राले आफूले मोबाइल फोनको व्यवसाय सुरु गरेको २६ वर्ष वर्ष भएको प्रसङ्ग कोट्याउँदै भने, ‘मेरो त पहिचान नै मोबाइल व्यवसायी भइसकेको छ ।  अस्ति मात्रै मेरो जन्मदिनमा म मन्दिर गए । त्यहाँ पूजारीले नाम र थर सोधेपछि भने तपाई मोबाइलवाला हैन? मेरो पहिचान नै मोबाइल व्यवसाय हो ।’
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । नेपाल बैंकर्श एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका शाहले भने, ‘मोबाइल फोन बिलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ ।  टाढा टाढा रहेका आफन्तजनसँग भेटघाट भएको छ ।  आगामी दिनहरुमा मोबाइल फोनको माग अझैं बढ्नेछ । पूँजीका लागि नविल बैंक तयार छ ।’  
सो कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबैध निकासी पैयठारीलाई रोक्न प्रहरी संगठन तयार रहेको बताए । 
नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै उनले भने ‘मोबाइल फोन सेवाको व्यवस्थापनमा काम गरिरहेका छौं । एमडिएमएस लागु गर्ने अन्तिम तयारी भइरहेको छ । कोरोना भाइरसका काराण सिस्टम लागु गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्ण रुपमा लागु गर्छौं ।’
महाधिवेशनको उद्घाटन सत्र समापन गर्दै संस्थाका दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यस्थित गर्दे माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मोबाइल फोन अत्यावश्यक हुँदाहुँदै पनि महंगो भइरहेको छ । यसलाई कम गर्न करका दरमा हेरफेृर गरिदिनुपर्नेछ । भने एमडिएमएस तत्काल लागु गरेर सरकारले सहयोग गरिदिनुपर्नेछ ।’ सो कार्यक्रममा देशभरी मोबाइल व्यवसायी उपस्थित थिए । संस्थाको दोस्रो महाधिवेशनको बन्दसत्रले आगामी नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।