logo

प्रति लिटर ८३ रुपैयाँमा किनेको पेट्रोल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाउदै निगम 

    1275   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – नेपाल आयल निगमले प्रति लिटर जम्मा ८३ रुपैयाँमा किनेको पेट्रोल हाल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । 
निगमले आफुलाई घाटा भएको भन्दै गत बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ । जसका कारण अहिले महंगीको मार खेप्दै आएका उपभोक्ता थप मर्कामा परेका छन । 
पछिल्लो समय इण्डीयल आयल कर्पाेरेशन (आइओसी ) बाट मूल्य बढेर आएको भन्दै आयल निगमले अहिले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पछिल्लो १२ दिनको अबधिमा लगातार २ पटकसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
निगमले गत बुधबार पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर तीन÷तीन रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ वृृद्धि गरेको थियो । १२ दिनमा मूल्य बढाएको निगमले अझै यस्ता बस्तुमा घाटा खाएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको बताउँदै आएको छ ।
गत बुधबार राती १२ बजेदेखि नै बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ , डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५७५ रुपैयाँ पुगेको छ । यसैगरी, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य बढाएर १०१ रुपैयाँ पु¥याईएको छ । त्यसैगरि, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मुल्य बढेर १५७५ रुपैयाँ र डिजेलको प्रति लिटर ११९ रुपैयाँ मूल्य पु¥याईएपछि यो हालसम्मकै उच्च मुल्य हो । निगमका अनुसार आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने एलपी ग्याँसको मूल्य पनि हालसम्मै उच्च बिन्दुमा पुगेको छ ।
पछिल्लो पटक निगमले बढाएको नयाँ मूल्य सूची अनुसार निगमले इण्डीयन आयल कर्पाेरेशनबाट पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गर्ने गरेको छ । ८३.४९ रुपैयाँमा खरिद गरेको पेट्रोल निगमले हाल काठमाडौं उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँमा बिक्री गरिरहेको छ । खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा पनि अझै आयल निगमले प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ घाटा खाएर बिक्री गर्दा १५ दिनको अवधिमा ६१ करोड २५ लाख रुपैयाँ नोक्सान भएको दावी गरेको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र सरकारले लगाइरहेको विविध करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको दावी गरेका छन् । यस्तो घाटा पूर्ति गर्न हाल आयल निगमले बैंकहरूबाट पैसा झिकिरहेको बताउँदै उनले सरकारले नै यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने बताए । 
उनले पेट्रोलियम पदार्थको विकल्प नहुँदासम्म मूल्य समायोजनको संभावना नभएको बताए । निगमको तथ्यांक अनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३.७७ रुपैयाँ, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडेर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च हुन पुगेको निगमको भनाई छ  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।