logo

फलामे छड सम्बन्धी नीति गलत भए राजीनामा दिन्छु तर सच्याउँदिन : अर्थमन्त्री शर्मा

    1482   पटक पढिएको

२९ भाद्र /अर्थ र व्यापार – अघिल्लो सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट अस्वीकार गर्दै प्रतिस्थापन विधेयक मार्फत संसोधित नयाँ बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्माले यस बजेटमा समेटिएको फलामे छड सम्बन्धी नीति गलत भए आफुले राजीनामा दिने तर, नसच्याउने बताएका छन ।  
संसोधित नयाँ बजेट सार्वजनिक भएपछि नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनमा आवद्ध फलामे छड उत्पकदक उद्योगी व्यवसायीहरु दुई पक्षमा विभाजित भई आ– आफ्ना स्वार्थका कुरा गरि अहिले आफुलाई नै विवादमा पार्न खोजेपछि अर्थमन्त्री शर्माले सरकारको बताउकालागि यस्तो बताएका हुन् । 
अहिले एशोसिएसनमा आवद्ध सोही एशोसिएसनका अध्यक्ष साहिल अग्रवाल लगायत विभिन्न ६ वटा छड उत्पादक कम्पनीका सञ्चालकहरुले यस नयाँ बजेटको स्वागत गरिरहेका छन भने एसोसियसनका उपाध्यक्ष किरण शाखः पञ्चकन्या स्टिलका सञ्चालक प्रदिपकुमार श्रेष्ठ लगायत विभिन्न २४ वटा छड उत्पादक कम्पनीका व्यवसायीहरुले संसोधित बजेटको बिरोध गरिरहेका छन ।  
बजेटको बिरोधमा उत्रिएका छड उत्पादक व्यवसायीहरुले केही निश्चित व्यवसायिक घरानालाई मात्र पक्षपोषण गर्ने गरी फलामे छड र सवारी साधानको अन्तःशुल्क परिवर्तन गरिएको आरोप अर्थमन्त्री शर्मामाथि लगाएका छन । 
अर्थमन्त्री शर्माले ल्याएको संशोधन बजेटमा आफ्ने रोलिङ प्लाण्टबाट एमएस बिलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गरिएको छ । यहि संसोधित बजेट मार्फत सरकारले एमएस विलेट बनाउन प्रयोग हुने कच्च पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा झारिदिएको छ ।
अर्काेतिर एमएस बिलेटको आयातमा भने अन्तःशुल्क बढाइएको छ । बजेटअघि प्रतिमेट्रिकटन १६५० रुपैयाँ लाग्दै आएको अन्तःशुल्कदर बढाएर अहिले प्रतिमेट्रिकटन २५ सय रुपैयाँ बनाइएको छ । यसैगरि, एमएस बिलेटको आयातमा भन्सार महसुल ४.७५ प्रतिशत बनाइएको छ ।
यस बजेट मार्फत सरकारले नेपालमै एमएस बिलेटबाट फलामे छड उत्पादन गर्ने उद्योगहरुको प्रोत्साहन गर्ने नीति लिएको अर्थ मन्त्रीको दावी छ । 
स्वदेशी उद्योगको प्रवद्र्धनकालागि संसोधित नयाँ बजेटमा बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लाग्ने उल्लेख छ । यसअघि आयत हुने बिलेटमा प्रति मेट्रिकटक १ हजार ६५० रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा त्यसमा वृद्धिगरी अहिलेको यस नयाँ बजेट मार्फत प्रतिमेट्रिकटन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क लगाएको छ ।
एसोसिएसनमा आवद्ध बजेटप्रति असन्तुष्ट्र पक्षका व्यवसायीहरुले सरकारले सम्बन्धित पक्षसँग छलफल नै नगरी गरेको नीतिगत परिवर्तनले औद्योगिक लगानीमा अस्थिरता पैदा हुने र मुलुकमा लगानीको वातावरण खलबलिनुकासाथै आद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने भन्दै विरोध स्वरुप फलामे डन्डीको बिक्री वितरण कार्य राक्ने चेतावनी समेत दिएका छन ।
एशोसिएसनका अनुसार हाल देशमा साना ठूला गरी ३० वटा फलामे छड ( डन्डी )उत्पादन गर्ने उद्योगहरुमध्ये ६ वटा उद्योगले मात्र पुराना पत्रु फलमजन्य बस्तुहरु पगाली डण्डी उत्पादन गदै आएका छन् । 
बजेटमा असन्तुष्टी जनाउने पक्षका छड उत्पादक विभिन्न २४ वटा उद्योगका सञ्चालक व्यवसायीहरुले बिलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकेजी ५ देखि ६ रुपैयाँसम्म महँगो हुने भएकाले अबदेखि उपभोक्तालाई प्रत्यक्ष मर्का पर्न जाने भन्दै प्राइम बिलेट स्देशमा उत्पादन नहुने भएकाले विदेशबाट आयात गर्नु बाध्यता भएको बताएका छन । 
 यसैगरि, उनीहरुले सरकारले संसोधित बजेट मार्फत ल्याएको यस्तो व्यवस्था निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य धेरै उद्योगलाई समस्या पर्ने भएकाले आफुहरु आन्दोलित हुनुपरेको बताएका छन् । सरकारको यस्तो नीतिप्रति असहमति जनाउने उद्योगी व्यवसायीले अब फलामे छडको आयात र विक्री समेत बन्द गर्ने चेतावनी दिएका छन् ।
सरकारको नयाँ नीतिप्रति असहमति जनाउने केही उद्योगीले अहिले अर्थमन्त्री शर्मासँग भेट गरी आफूहरुको समस्याबारे अवगत गराएका छन । तर, सो छलफल पनि सरकारात्मक नभएको ति उद्योगीहरुको बुझाई छ ।
‘ केही समयअघि मन्त्रीज्यूलाई भेट्न केही उद्योगी आउनु भएको थियो, उहाँहरुले आफ्ना गुनासा तथा समस्याहरु राख्नुभयो, जवाफमा मन्त्रीज्यूले व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्तो नीतिगत व्यवस्था गरिएको हो, नीति गलत भए म राजीनामा दिन र संजाय भोग्न तयार छु तर, नीति परिवर्तन हुदैन भनेर उहाँहरुलाई पठाउनु भयो’ अर्थमन्त्री निकट स्रोतले भन्यो । स्वदेशी उद्योग प्रवद्र्धनकालागि नयाँ बजेटमा समावेश भएका यस्ता कुरामा अनावस्यक विवाद गर्नु बेकारमा समय खेर फाल्ने काम मात्र भएको अर्थमन्त्री निकट स्रोतले बताएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।