logo

करका दर चलाउँदा ८ उद्योगलाई फाईदा, २० वटा उद्योग मर्कामा

    1697   पटक पढिएको

२८ भाद्र / अर्थ र व्यापार– सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित बजेटमा करका दर परिवर्तन गर्दा ८ वटा स्टील उद्योगलाई फाइदा हुने भएको छ भने २० वटा उद्योग संकटमा परेका छन् । सरकारले भइरहेको उद्योगहरुको विस्तार तथा स्थरवृद्धिको लागि उचित समय नदिई करका दर परिवर्तन गर्दा भइरहेका धेरै उद्योगहरु संकटमा पर्ने नेपाल स्टील रोलिङ मिल्स एसोसिएशनले जनाएको छ ।
गत शुक्रबार सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा पत्रु फलाम पगालेर फलामे छड (डन्डी ) उत्पादन गर्ने र सोमा मिसाउन चाँहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) पैठारी गर्दा  सुन्य प्रतिशत भन्सार र सुन्य प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।
सरकारको प्रतिस्थापन विद्येक मार्फत ल्याएको नयाँ बजेटमा उल्लेखित यो नीतिले अम्बे स्टील, अशोक स्टील, जगदम्बा स्टील, जागशक्ति स्टील, लक्ष्मी स्टील, नारायणी स्टील, पशुपति स्टील र सर्बोत्तम ब्रान्डका स्टीललाई प्रत्यक्ष फाइदा हुने भएको छ । सरकारको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नीतिका कारण यी कम्पनीद्धारा उत्पादिन स्टीलको मूल्य प्रतिकेजी ६ रुपैयाँसम्म सस्तो हुने भएको छ ।
नयाँ बजेटले अर्कोतिर सोझै विलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लगाएको छ । आयत हुने विलेटमा प्रति मेट्रिकटन १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा वृद्धि गरी प्रति मेट्रिकटन २ हजार ५०० रुपैयाँ अन्तशुल्क लगाइएको छ । यो नीतिले २० वटा उद्योग आर्थिक संकटमा पर्ने छन् । उपभोक्ताले निकै रुचाएका र प्रिमियम मूल्यका स्टील बेच्दै आएका हामा स्टील, हिमाल स्टील र पञ्जकन्य स्टील उद्योगलाई पनि सरकारको नीतिले अप्ठ्यारो पारेको छ । यी स्टीलको मूल्य फेरी प्रतिकेजी ५ देखि ६ रुपैयाँसम्म वृद्धि हुने भएको छ । यसैगरि, हुलास स्टील, काठमाडौं स्टील आरती स्टील, वागेश्वरी, इभरोल, गोदावरी, गोयन्का, पाथिभारा, प्रिमियर, एसआर स्टील, शाखः, समृद्धि, सालिमार टीएमटीलाई पनि समस्या परेको छ । उनीहरुको उत्पादनको लागत प्रतिकेजी ६ रुपैयाँ सम्मले वृद्धि हुने नेपाल स्टील रोलिङ मिल्स एसोसिएशनले जनाएको छ ।
२० वटा उद्योगका उत्पादनको मूल्य प्रतिकेजी ६ रुपैयाँसम्म वृद्धि हुने शाखः उद्योगको प्रबन्ध निर्देशक किरण शाखले बताए । प्राइम विलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नु बाध्यता रहेको र पत्रु पगालेर वा स्पञ्ज आइरनबाट बन्ने स्टीलको गुणस्तर कमजोर हुने उनको भनाई छ ।
विश्व प्रसिद्ध ५००डी गे्रडको फलामे छड नै नेपाली उपभोक्ताले अध्यधिक रुचाएको, ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ५००डी गे्रड नै आवश्यक हुने छड स्पञ्ज आइरनबाट उत्पादित फलामे छडको गुणस्तर ५००डी ग्रेड बराबरको गुणस्तर नहुने एशोसिएशनले जनाएको छ । 
नेपाल भूकम्पीय जोखिमको देश भएको हँुदा पनि बलियो र गुणस्तरीय निर्माणकालागि ५००डी गे्रडको विकल्प नभएको एशोसिएशनले जनाएको छ । सरकारको नीति परिवर्तन नभए बहुसंख्यक डण्डी उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकी घाटा व्यहोर्दै बन्द हुने स्थितिको सिर्जना हुने एसोसिएशनले जनाएको छ । सरकारको नीतिका कारण यी उद्योगमा बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी पनि जोखिममा पर्ने संघको भनाई छ ।
अपग्रेडको क्रममा रहेका जय अम्बे, श्री स्टील, विजय स्टीललाई अल्पकालिन समस्या भएको छ । यी तीन वटा कम्पनीले सरकारको नीतिसँग मेल खाने गरी उद्योग निर्माण तथा विस्तारको काम गरिरहेका छन् । यी उद्योगका वर्तमान उत्पादनहरुको प्रतिकेजी ६ रुपैयाँसम्म मूल्य बढ्ने र नयाँ उद्योग आएपछि ६ रुपैयाँ मूल्य घट्ने उद्योगीहरुको दावी छ । उनीहरुले सरकारको यो नीतिमा तत्काल परिवर्तन हुनुपर्ने माग समेत गरेका छन । 
सरकारले भने पत्रु पगालेर वा स्पञ्ज आइरनबाट फलामे डण्डी बनाउँदा नेपालमा थप रोजगारी सिर्जना हुने, विजुलीको खपत बढी हुने, आयात कम गर्न मद्दत पुग्ने गरी स्वदेशी उद्योग प्रवद्र्धन तथा आयातित् बस्तुको कर बढाउने नीति लिएको जनाएको छ । असन्तुष्ट व्यवसायीहरुले भने सरकारको यस नयाँ नीतिका कारण करिव भइरहेका उद्योग मध्ये एक दर्जन उद्योग बन्द हुन सक्ने अनुमान गरिएको समेत बताएका छन् । सरकारले नयाँ बजेट मार्फत पत्रु फलाम पगालेर वा स्पञ्ज आइरनबाट फलामे डन्डी बनाउने उद्योगलाई प्रोत्साहित गर्ने नीति घोषणा गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेको छ ।  तर व्यवसायीहरुले भने त्यस्तो उद्योग स्थापना गर्न कम्तिमा २ वर्षको समय दिनुपर्ने माग गरेका छन्  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।