logo

बजेटको आकार घटाइयो ,सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट 

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य , दीर्घरोगीलाई मासिक ५ हजार भत्ता .शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च

    885   पटक पढिएको


२५ भाद्र / अर्थ र व्यापार–  प्रतिपक्षि दल नेकपा एमालेका सांसदहरुको तिब्र अवरोध र नारावाजीकाबीच सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको नयाँ प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटलाई अध्यादेश बजेट मार्फत प्रतिस्थापन गर्दै शुक्रबार पुनः नयाँ आकारको बजेट ल्याएका हुन् ।
उनले यसभन्दा अघिल्लो सरकारले गत १५ जेठमा अध्यादेश मार्फत ल्याएको बजेटको तुलनामा यो बजेटको आकार १६ अर्ब ७४ करोड रूपैयाँले घटाएका हुन् । तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यतिबेला कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका थिए ।  
शुक्रबार प्रतिस्थापन विधेयक मार्फत सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटको आकार घटाएर पुनः नयाँ ल्याएको हो । नेकपा एमालेका सांसदहरुको नारावाजी र अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले संसद्मा नयाँ बजेट प्रस्तुत गरेका हुन् । 
उनले यस नयाँ बजेटकालागि राजस्वबाट १० खर्ब ५० अर्ब ५२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको बताएका छन् । यसैगरी, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य लिएका छन् । जसमध्येमा अझै ५ खर्ब २२ अर्ब ९ करोड रुपैयाँ नपुग हुने देखिएको छ । अपुग बजेटमध्ये २ खर्ब ८३ अर्ब ९ करोड रुपैयाँ वैदेशिक ऋणबाट र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाईने लक्ष्य लिईएको छ ।
त्यसैगरी, प्रतिस्थापन बजेट मार्फत सरकारले चालु आर्थिक वृद्धिको लक्ष्य भने बढाएको छ । यस अघि साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य रहेकोमा अहिले सो लक्ष्य वृद्धि गर्दै ७ प्रतिशत पुर्याइएको हो । यसैगरि, मुद्रास्फितिदर भने साढे ६ प्रतिशतमै राख्ने लक्ष्य यस बजेटले लिएको छ ।
अर्थमन्त्री शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका छन । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए । अर्थमन्त्री शर्माले अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा कोरोना बिरुद्धको खोप प्राप्त गरिसकेको जानकारी गराएका छन् । 
नयाँ बजेट मार्फत सरकारले दीर्घरोगीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसैगरि, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च दिने भएको छ । सरकारले मिर्गौला तथा मेरुदण्डका दीर्घरोगी बिरामीलाई मासिक ५ हजार रूपैयाँ भत्ता दिइने छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारदेखि हालसम्म कार्यान्वयनमा आएको थिएन ।
अहिले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले नयाँ बजेट मार्फत यो सुविधान उपलब्ध गराउन लागेको हो । यसैगरि, सरकारले विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्ति स्वरूप मासिक ३ हजार रुपैयाँ प्रदान गरिने भएको छ । यो वर्तमान सरकारको जनताबीच पपुलर हुने खालको बजेट हो । 
त्यसैगरि, अर्थमन्त्री शर्माले शुक्रबार ल्याईएको प्रतिस्थापन बजेट विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्ने लगायत महत्वपूर्ण विषय समावेश रहेको बताएका छन ।
कुल विनियोजन मध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत तथा प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याईएको छ । 
वित्तीय हस्तान्तरण मध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसैगरि, चालु आर्थिक वर्षको अनुमान गरिएको खर्चको व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ व्यहोरिने लक्ष्य राखिएको छ । 
त्यसैगरि, चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजन खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा न्यून हुन जाने रकम ५ खर्ब २२ अर्ब ९ करोड रूपैयाँ मध्ये आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्रालयले जनाएको छ ।

भ्रमण र इन्धन खर्चमा १० प्रतिशत कटौती
यस नयाँ बजेटमा सरकारले उच्च पदस्थहरुलाई वितरण गरिँदै आएको इन्धन र भ्रमण खर्च १० प्रतिशत कटौती गरेको छ । सरकारले भत्ता, इन्धन र भ्रमण खर्चको १० प्रतिशत बजेट कटौती गरेको हो । अर्थमन्त्री शर्माले अध्यादेश प्रस्तुत गर्दा इन्धन, भत्ता, सवारी लगायत मर्मतमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको बताए । कटौतीबाट बचत भएको ५ अर्ब रुपैयाँ कोरोना महामारि विरुद्धको खोप खरिदमा प्रयोग गरिने समेत अर्थमन्त्री शर्माले जानकारि दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।