logo

प्रतिसेयर आम्दानीको गलत तथ्यले लगानीकर्ता ठगिए

    1855   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – सेयर लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्न लोभ्याउने एउटा तत्व हो प्रतिसेयर आम्दानी । तर, कम्पनीहरुले वास्तविक आम्दानीभन्दा धेरै नाफा हुने देखाइदिँदा लगानीकर्ता ठगिएको छ । प्रतिसेयर आम्दानी उच्च देखाएर कसरी लगानीकर्ता झुक्किने अबस्थामा पुग्छन् भन्ने पछिल्लो उदाहरणका लागि बोटलर्स नेपाल तराईको सेयरलाई हेर्दा पुग्छ । प्रतिसेयर आम्दानी निकाल्दा त्रुटीपूर्ण विधि प्रयोग गर्नाले लगानीकर्ता झुक्किएका छन् ।

यस कम्पनीको सेयर कारोबार संंख्या पछिल्लो समयमा बढ्न थालेको छ । पहिले वर्षभरीमा १२ पटक कारोबार हुन मुस्किल रहेको यो कम्पनीको कारोबार अहिले महिनामै त्यति हुन्छ । पहिले निश्चित वर्गमा मात्र सिमित रहेको कम्पनीमा अन्य सर्वसाधारण लगानीकर्ताहरु पनि प्रवेश गरिरहेको देखिन्छ । नियमित रुपमा वित्तीय विवरण प्रकाशित नगर्ने मध्येको बोटलर्स नेपाल गत आवको दोस्रो त्रैमाश (पुससम्ममा) मा १० करोड ७६ लाख नोक्सानीमा रहेको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सो समय प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक रहेको देखायो । 

प्रतिसेयर आम्दानीको हिसाबलाई कम्पनीले बार्षि्किकरण ग¥यो तर उपयुक्त सूत्र प्रयोग गरेन । कम्पनीले अपनाएको सूत्र हेर्दा दोस्रो त्रैमाशसम्मको नोक्सानी १० करोड ७६ लाख रुपैयाँलाई सेयर संख्या १२ लाख १० हजार कित्ताले भाग गरिएको छ । यसरी आएको भागफल (८८.९७) लाई ४ ले गुणन गरेर प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक देखाइएको छ । जबकि यसको वास्तविक नोक्सानी १७९ रुपैयाँ मात्रै हो ।

नियमानुसार कम्पनीले पहिले नोक्सान (वा नाफा) लाई त्रैमाशको संख्या (यो दोस्रो त्रैमाशको भएकोले २) ले भाग गर्नुपर्ने थियो । त्यसपछि सेयर संख्याले भाग गरेर ४ ले गुणन गर्नुपर्ने थियो । तर, त्यसो नगरेकोले प्रतिसेयर आम्दानी निकै उच्च दरले ऋणात्मक देखियो । यसको प्रभाव बजारमा देखिएन लगानीकर्ताले सेयर होल्ड गर्न वा कायम मूल्यमा नै बेच्न रुचाए र मूल्य घटेन । तर, तेस्रो त्रैमाशमा कम्पनीले फेरी त्यही गल्ति ग¥यो । यसपटक कम्पनीले १७ करोड ८२ लाख कमायो । कम्पनीले नाफालाई त्रैमाशको संख्या (३ ले) भाग गरेन । सोझै यसलाई सेयर संख्याले भाग गरेर आएको भागफल १ सय ४७ लाई नै आधार मानेर ४ ले गुणन गरियो । जसको कारण कम्पनीको विवरणमा प्रतिसेयर आम्दानी ५ सय ८९ देखिएको छ । जबकि यसको वास्तविक प्रतिसेयर आम्दानी एक सय ९६ रुपैयाँ मात्र हो ।

प्रतिसेयर आम्दानी उच्च देखिँदा लगानीकर्ता सेयर किन्न हौसिएका छन् । त्यसअघिसम्म ३ हजार ५ सयको हाराहारीमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य ६ हजार माथि आएको छ । यद्यपि बोटलर्स नेपालले नियतबस नै लगानीकर्तालाई झुक्याएको हो भनेर भन्न सकिन्न । किनभने दोस्रो त्रैमासिकमा उच्च नोक्सान देखाउनु कम्पनीको हितमा थिएन । भलै तेस्रो त्रैमासिकमा उच्च नाफा देखाएर कम्पनीले फाइदा उठाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।