logo

शेयर बजारमा सामान्य सुधार, ३.२८ अंकले बढेर ११६५.९७ अंकमा उक्लियो

    1260   पटक पढिएको

५ पुस/ अर्थ र व्यापार  - ठूलो संख्यामा नियमित रुपमा शेयर कारोबार गर्नेहरुले घटेका बेला किनेको शेयर फेरी महङ्गोमा धमाधम सामान्य लगानीकर्तालाई बिक्री गर्न थालेका छन् । जसका कारण मंगलबारदेखि बजार ओरालो लागेकोमा बिहीबार केही सुधार देखिएको हो ।

बिहीबार बजार ३.२८ अंकले बढेर ११६५.९७ अंकमा उक्लिएको छ । १६३ कम्पनीका १२ लाख ५ हजार ९१४ कित्ता शेयरहरु ४ हजार ८ सय ७८ कारोबारबाट ४० करोड ११ लाख रुपैंयामा किनबेच भएका छन् । कारोबार चक्रमा कारोबारीहरुले प्रत्येक पटक सस्तोमा शेयर किनेर भाउ केही बढ्ना साथ बिक्रीमा ल्याउने गरेका कारण केही दिनको अन्तरमा नै बजारमा असामान्य उतारचढाव देखिने गरेको हो ।

५ रुपैंयाले मात्र भाउ बढेपछि शेयर बेच्न दौडिने जमातको चाल बुझ्न नसक्दा कतिपय लगानीकर्ताहरु हरेक पटक माथिल्लो मूल्यमा शेयर किनिरहेका छन् । उता तिनै कारोबारीहरुले मूल्य केही तल आउना साथ फेरी धमाधम माथिल्लो मूल्यमा शेयर किनेकाहरुबाट सस्तोमा शेयर किनिरहेका छन् । जसका कारण बजार केही बढ्न खोजेजस्तो देखिए पनि बिक्री चाप आईहाल्नाले लगानीकर्ताहरु बजारको गतिप्रति अन्यौलमा परिरहेका छन् । बिहीबार कारोबारमा आएका १० उपसमुह मध्ये ६ उपसमुह उकालो लागेका छन् भने ४ उपसमुह ओरालो लागेका छन् । वाणिज्य बैंक समुहमा आएको ३.२८ अंकको सुधारले नै बजार सुधारमा निर्णयक भूमिका खेलेको छ ।

बिहीबार लगानीकर्ताहरु वाणिज्य बैंकको शेयर कारोबारमा बढी सक्रिय भएका छन् । कारोबार रकमका आधारमा शिर्ष १० स्थानमा वाणिज्य बैंकहरुको मात्र हिस्सा परेको छ । एनएमबि, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट, प्राईम कमर्शियल, एनआईशि एशिया लगायत बैंकहरुको अधिक शेयर कारोबार भएको छ । शेयर मूल्य धेरै बढ्ने शिर्ष १० कम्पनीको सूचीमा एउटा वाणिज्य बैंक बाहेक अधिकांश साना तथा मझौला कम्पनीको वर्चस्व देखिएको छ । धेरै शेयरमूल्य घट्ने कम्पनीहरुको सूचीमा पनि फाइनान्स, लघुवित्त र विकास बैंकहरुको दवदबा रहेको छ ।

वाणिज्य बैंकहरुको व्याजद।रका विषयमा चौतर्फी रुपमा बहस र चर्चा चल्दै गर्दा कतिपय लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।