logo

सेयर कारोबार घट्दा पनि नेप्सेको नाफा बढ्यो, सहायक कम्पनीमा गरेको लगानीले मालामाल

    913   पटक पढिएको

 १० पुष / अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाफा करिब सात प्रतिशतले बढेको छ। गत वर्ष ७.०८ प्रतिशतले नाफा बढाएको हो। गत वर्षको वित्तीय विवरणअनुसार नेप्सेले वर्षभरिमा २८ करोड रूपैंयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा २६ करोड एक लाख रूपैंयाँ थियो। धितोपत्र कारोबारबाट गर्ने आम्दानी घटेको भए पनि गरेको लगानीबाट आएको प्रतिफलले आम्दानी वृद्धिमा टेवा पुगेको हो।

नेप्सेले गत वर्ष सेयर कारोबारबाट २४ करोड १९ लाख रूपैंयाँ आम्दानी गरेको छ । नेप्से गर्ने सेयर कारोबारबाट हुने आम्दानी ११.९० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २७ करोड ४६ लाख रूपैंयाँ आम्दानी गरेको थियो ।

नेप्सेको आम्दानी बढाउन सबैभन्दा बढि सहयोग सहायक कम्पनी केन्द्रीय निक्षेप प्रणाली (सीडीएसी) ले गरेको छ । सीडीएसीले गत वर्ष नेप्सेलाइ ६ करोड रूपैंयाँ लाभांश दिएको थियो। जसले समग्र नाफा बढाउन टेवा र्पुयाएको हो। नेप्सेको नाफा बढाउन ब्याज आम्दानी र अन्य कम्पनीले दिएको लाभांशले समेत टेवा र्पुयाएका हुन्।

बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, नबिल बैक, नागरिक लगानी कोष, युनाइटेड इन्स्योरेन्स, कर्मचारी औषधि कोष र सीडीएस एण्ड क्लियरिङमा  सेयर लगानी छ । सबैभन्दा बढी ३० करोड रूपैंयाँ लगानी सीडीएस एण्ड क्लियरिङ मा छ। ती कम्पनीमध्ये नबिल बैक, नागरिक लगानी कोष, युनाइटेड इन्स्योरेन्स र सीडीएस एण्ड क्लियरिङले लाभांशस्वरूप दिएको रकमले उसको गत वर्ष नाफा बढेको हो।

नेप्सेले डिबेन्चर र मुद्दति निक्षेपमा राखेको ब्याजबाट समेत राम्रो आम्दानी गर्दा उसको नाफा बढ्न थप टेवा मिलेको हो । सरकारी संस्थानहरू बुटवल धागो कारखाना र  गोरखकाली रबर उद्योगबाट भने एक रूपैंयाँ पनि आम्दानी छैन ।

सहायक कम्पनीबाहेक अन्यमा नेप्सेले एक अर्ब ११ करोड रूपैंयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यस्तो लगानी उसको एक अर्ब चार करोड रूपैंयाँ रहेको थियो। नेप्सेले गत वर्षको भन्दा सात करोड रूपैंयाँ लगानी बढाउँदा  चालु सम्पत्ति आकार बढेर दुई अर्ब ४९ करोड रूपैंयाँ पुगेको छ। यस्तो सम्पत्ति अघिल्लो वर्ष दुई अर्ब १४ करोड रूपैंयाँ थियो।

हाल नेप्सेको सेयर पुँजी ५० करोड रूपैंयाँ छ। अघिल्लो वर्षको तुलनामा उसको चुक्ता पुँजी २० करोड रूपैंयाँ बढेको छ। चुक्ता पुँजी बढेसँगै उसको अन्य पुँजी (सञ्चित नाफा समेत) बढेको छ। गत वर्ष उसको यस्तो नाफा दुई अर्ब ६६ करोड रूपैंयाँ पुगेको छ। जबकि अघिल्लो वर्ष सोही अवधिमा यो नाफा दुई अर्ब ५८ करोड रूपैंयाँ थियो।

गत वर्ष उसले कर्मचारी खर्च घटाएको छ। अघिल्लो वर्ष कर्मचारीमा ४ करोड ५० लाख रूपैंयाँ खर्च गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा दुई लाख रूपैंयाँले घटेको हो। अघिल्लो वर्ष कर्मचारीमा ४ करोड ५२ लाख रूपैंयाँ खर्च गरेको थियो। जसले समग्र खर्चनै घटाउन टेवा र्पुयाएको छ । वर्ष भरिमा १० करोड ८४ लाख रूपैंयाँ खर्च गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधि भन्दा १४ लाख रूपैंयाँ कम हो ।

नेप्सेले गत वर्षको वासलात सहितको वित्तीय विवरण पास गर्न पुस २९ गते ३८ औँ वार्षिक साधारणसभा डाकेको छ। उक्त सभाबाट नगद लाभांश प्रस्ताव अनुमोदन गर्ने छ। गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश बाँड्ने तयारी छ । ५० करोड रूपैंयाँ पुँजी रहेको नेप्सेले चुक्ता पुँजीको ४० प्रतिशत बाँड्दा २० करोड रूपैंयाँ सेयरधनीहरूले पाउने छन्। यसपटकबाट नेप्सेको सेयरधनीमा अरू कम्पनी पनि थपिएका छन्। कर्मचारी सञ्चय कोषसहित दुई बैंकको प्रवेश भएको हो। नेपाल राष्ट्र बैंकले बिक्री गरेको सेयर खरिद गरेपछि उनीहरू नेप्सेमा प्रवेश गरेका हुन्। तर उनीहरुले घोषित लाभांश पाउनेरनपाउने भने अनिश्चित छ।

किनकि उनीहरूले खरिद गरेको सेयर औपचारिक रूपमा नामसारी भइसकेको छैन । नेप्सेको बुक क्लोजभन्दा अघि उनीहरूको नामसारी भए घोषित लाभांश पाउने छन्, अन्यथा पुरानै कम्पनीले उक्त लाभांश पाउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । नेप्सेले साधारणसभाका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । उक्त मिति सम्ममा नामसारी गर्ने सम्भावना बलियो रहेको साउदको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको नेप्सेमा ३४.६० प्रतिशत सेयर थियो । जसको २० प्रतिशत सेयर बोलकबोलमार्फत खरिद गर्दै कर्मचारी सञ्चय कोष, प्रभु बैंक र लक्ष्मी बैंक नेप्सेमा प्रवेश गरेका हुन्।

यतिबेला नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको १६.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको पाँचरपाँच प्रतिशत, तत्कालीन एनआइडीसी (अहिलेको राष्ट्रिय वाणिज्य बैंक) को ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत सेयर हिस्सा छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।