logo

लगानीकर्ताको मनोबल विस्तारै बढ्दै, शेयर खरिदमा  बढाउन थाले परिमाण, ठूलो कित्ता उठाउँदै  

    1201   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार - शेयर बजारमा लगानीकर्ताको मनोबल विस्तारै बढ्न थालेको छ । निरन्तर रूपमा कारोबार रकम र सूचकमा वृद्धि हुन थालेपछि उनीहरूको मनोबल क्रमिक रूपमा बढ्न थालेको देखिएको हो । 
मनोबल बढेकै कारण उनीहरूले किन्ने शेयरको परिमाण बढाउन थालेको दुई सातामा गरेको कारोबारको तथ्यांकमा देखिएको छ । गएका साताहरूमा सानो-सानो परिमाणमा शेयर खरिद गर्ने लगानीकर्ताले बिस्तारै ठूलो परिमाणमा कारोबार गर्न थालेको तथ्यांकमा देखिन्छ ।

गएका साताहरूमा एकैपटकमा पाँच सय कित्तादेखि हजार कित्ता, हजारदेखि दुई हजार कित्ता र दुई हजार कित्ताभन्दा माथिको परिमाणमा शेयर खरिद-बिक्री गर्ने क्रम नै अत्यन्तै न्यून हुने गरेको थियो ।

ठूलो परिमाणमा शेयर खरिद-बिक्री गर्ने क्रम यस साता लगानीकर्ताले बढाएका छन् । अघिल्लो साताभन्दा उनीहरूले किन्ने शेयरको परिमाण १४ प्रतिशतले बढेको कारोबारमा देखिएको छ । कारोबार रकमका आधारमा यो साता दोस्रो बजारमा उत्कृष्ट १० मा परेका कम्पनीको शेयरको खरिद-बिक्रीको प्रवृत्तिमा शेयर कित्ताको अध्ययनले ठूलो परिमाणमा शेयर खरिद गर्ने क्रम बढेको देखाएको छ । सोही अवधिमा अघिल्लो साता यस्तै १० कम्पनीको कारोबारसँग तुलना गर्दा यस्तो देखिएको हो ।

यो साता कारोबार रकमका आधारमा लगानीकर्ताले सबैभन्दा बढी १० कम्पनीका शेयर ८० करोड रूपैयाँमा खरिद-बिक्री गरे । जबकि अघिल्लो सोही अवधिमा यस्तो कारोबार ५३ करोड रूपैयाँको थियो । जसमा एक सय कित्तासम्मको कारोबारको हिस्सा औसत ६३.४९ प्रतिशत थियो । सय कित्तादेखि पाँच सय कित्तासम्म खरिद गर्नेको हिस्सा ३७ प्रतिशत, हजारदेखि दुई हजार कित्तासम्मको हिस्सा १२.३३ प्रतिशत, हजार कित्तादेखि १.५९ प्रतिशत र दुई हजार कित्ता १५.१३ प्रतिशत रहेको थियो ।

दुई हजार कित्ताभन्दा बढी शेयर खरिद गर्नेको हिस्सा १५ प्रतिशत देखिएको भए पनि त्यसमा सिद्धार्थ बैकको संस्थापक शेयरले बढी भूमिका खेलेको थियो । उसको कारोबार हटाउने हो भने उसको हिस्सा ०.९८ प्रतिशत मात्रै हुन आउँछ । बजारमा गत साता १० देखि सय कित्तासम्म शेयर खरिद गर्ने लगानीकर्ता बढी थिए भने दुई हजार कित्ताभन्दा ठूलो परिमाणमा शेयर खरिद गर्ने अत्यन्तै न्यून थिए । लगानीकर्ताको मनोबल कम भएकै कारण उनीहरूले सानो सानो परिमाणमा शेयर खरिद गर्ने क्रम बढी हुने गरेको थियो ।

यतिबेला बजार सुधार हुँदै आएको र कारोबार समेत बढ्दा यो साता लगानीकर्ताले शेयर कारोबारको मात्रा बढाएका छन् । अघिल्लो साता दुई हजार कित्ता शेयर खरिद गर्नेको संख्या निकै कम रहेकोमा यतिबेला २.१४ प्रतिशत पुगेको छ । सय कित्तादेखि पाँच सय कित्तासम्म शेयर खरिद गर्ने ३७.९७ प्रतिशत पुगेका छन् । पाँच सय कित्तादेखि हजार कित्तासम्म शेयर खरिद गर्ने ८.४३ प्रतिशत छन् । दुई हजार कित्ताभन्दा बढिको शेयर कारोबार गर्नेको औसत कारोबार २.१४ मा उक्लिएको छ । यो साता सामान्य कारोबारमै यस्तो देखिन्छ भने अघिल्लो साता संस्थापक शेयरले यो कारोबार बढाउन टेवा र्पुयाएको थियो । 

बिस्तारै लगानीकर्ताले शेयर खरिदको परिमाण बढाउँदै लैजाँदा कारोबार रकम र सूचक दुवैमा वृद्धि भएको छ । यो साता २ अर्ब ५६ करोड रूपैयाँ बराबरको शेयर कारोबार भयो । यो कारोबार गत साताको तुलनामा ८६.९४ प्रतिशत बढी हो । जबकि सोही अवधिमा अघिल्लो साता एक अर्ब ३७ करोड रूपैयाँमा कारोबार भएको थियो । 
कारोबार रकमसँगै यो साता सूचक ३.६ प्रतिशतले बढेको छ । यस साता सूचक ११७२.६५ अंकमा उक्लिएको छ । गत साता सूचक ११३१ अंकमा रहेको थियो ।    

सूचक बढेसँगै लगानीकर्ताको सम्पत्तिसमेत यो साता उल्लेख्य बढेको छ । कुल बजार पुँजीकरणको हिसाबले लगानीकर्ताले ५२ खर्ब रूपैयाँ बढाएका छन् । यो साता बजारको कुल बजार पूँजीकरण १४ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । गत साता १४ खर्ब ३७ अर्ब रूपैयाँ रहेको थियो ।    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।