logo

चालू आर्थिक बर्षको पहिलो तीन महिनामा शेयर लगानीकर्ताले एक खर्ब ४२ करोड गुमाए

    1185   पटक पढिएको

 १९ कात्तिक / अर्थ र व्यापार

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा  शेयर बजारका लगानीकर्ताले एक खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् । बजार सुधारमा  सरकारले ध्यान नदिँदा बजार पूँजीकरणमा क्षयीकरण हुनेक्रम रोकिएको छैन ।

आर्थिक वर्षको सुरुको दिन साउन १ गते १५ खर्ब ८७ अर्ब रुपैयाँ बरावर रहेको बजार पूँजीकरण असोजको अन्तिम कारोबार दिन ३० गते बिहीबार १४ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ ।

शेयर बजारको प्रकृति घट्ने तथा बढने नै हो । तर यसरी लगातार शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको मनोवल नै खस्किने गरी बजार ओरालो लाग्नुले देशको अर्थतन्त्र माथि नै असर पुर्याउने विश्लेषकहरु बताउछन् । यसरी शेयर बजारमा गरिएको  लगानी डुब्दा लगानीकर्ताहरु शेयर बजारप्रति नै निराश भएका छन । कम्पनीहरूले वित्तीय बिवरणहरू सार्व्जिनक गर्ने र लाभाँशहरू घोषणा गर्ने समयमा पनि बजार अधोगति हुनु राम्रो संकेत होइन ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेप्से सूचक १३७.११ अंकले अंकले घटेको छ । साउन १ गते बुधबार एक हजार २७४ दशमलब ८६ बिन्दुमा रहेको नेप्से परिसूचक त्रैमासको अन्तिम कारोबार दिन एक हजार १३७ दशमलब ७५ बिन्दुमा पुगेर बन्द भएको थियो ।

चालु आवको पहिलो त्रैमासमा ४ लाख ४ हजार ९२९ वटा कारोबारबाट ७ करोड ६६ लाख ८ हजार कित्ता शेयर २० अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।कुनै समय अर्ब बढी कारोबार हुने शेयर बजारमा हाल मुस्किलले दैनिक २० र २५ करोड रुपैयाँको मात्र कारोबार हुने गरेको देखिन्छ । लगातार ओरालो लागेको शेयर बजारमा लगानी गरेर प्रतिफल आउने कुरामा लगानीकर्ता आशावादी नहुँदा र सम्बन्धित नियामक निकायको बजार सुधार प्रति ध्यान नजाँदा पनि बजारको अवस्था खस्किदै गएको हो ।
जसकारण सम्बन्धित पक्षले शेयर बजारका लगानीकर्ताहरुको मनोबल उच्च गराउने खालको बजार सुधार सम्बन्धी कदमहरु तत्काल चाल्नुपर्ने विश्लेषकहरुको भनाई छ । सरकारले पूँजी बजारको विकाससँगै मुलुकको आर्थिक विकास गर्न दीर्घकालनी लगानीको स्रोत जुटाउनु पर्नेमा उनीहरुको जोड छ ।

सरकारको तर्फबाट पनि शेयर बजारमा गर्न सक्ने सुधारका कदमहरु  नचालिएको होइन । तर, पूँजीबजार सम्बन्धी कानुन केही निर्माणमा ढिलाइ र  कार्यान्वयनको समष्याले लगानीकर्ताको मनोवल उठ्न सकेको छैन। ठूला र संस्थागत लगानीकर्ताहरू बजार प्रवेश गर्न  हिच्किचाएसम्म बजारको ताल यस्तै रहने अनुमान गर्न थालिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।