logo

हिमालयन पावरद्धारा सबैलाई १२ कित्ता सेयरको आईपीओ

    1658   पटक पढिएको

६ असार / अर्थ र व्यापार - हिमालयन पावर पार्टनर कम्पनीको साधारण सेयरमा एक लाख ५९ हजार ७०७ जनाले आवेदन गरेका छन् । सेयर आवेदनको यो संख्याका आधारमा सबै आवेदकले १२ कित्ता सेयर पाउने देखिएको छ । आठ अर्ब २० करोड ८३ लाख सात हजार पाँच सय रुपैयाँ बराबरको सेयर माग गर्दै एक लाख ५९ हजार ७०७ वटा आवेदन परेकोे छ ।

कम्पनीको साधारण सेयरमा एक लाख ८ हजार ५८० जनाले आस्बा प्रणाली मार्फत ६ अर्ब २७ करोड ९८ लाख १४ हजार छ सय रुपैयाँ बराबरको आवेदन गरेका छन् । त्यस्तै परम्परागत प्रणालीबाट ५१ हजार १२७ जनाको आवेदनबाट एक अर्ब ९२ करोड ८४ लाख ९२ हजार नौं सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो तथ्याङ्क प्रारम्भिक मात्र हो । केही बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बाको विवरण आउन बाँकी रहेकोे छ । उक्त विवरण आएपछि सेयर आवेदनको विवरण परिमार्जन हुने छ । कम्पनीको साधारण सेयरमा आवेदन गर्नेको संख्या दुई लाख ननाघ्ने भएपछि ३० दिनमा सेयर बाँडफाँड हुने पक्का भएको छ । जस अनुसार आगामी साउन ४ गते सेयर बाँडफाँड गरिने छ । साउनमा सेयर बाँडफाँड गर्दा नयाँ निर्दे्शिका लागू हुने छ ।

२१ लाख ३० हजार ८३४ कित्ता आइपीओमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ८१ हजार ६७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

प्रारम्भिक तथ्याङ्क अनुसार एक लाख ५९ हजार ७०७ जना आवेदक रहेकोमा पहिलो चरणमा १० कित्ताको दरले अनिबार्य रुपमा सबै आवेदकलाई सेयर बाँडफाँड गरिनेछ । यसरी सेयर बाँड्दा झण्डै १६ लाख कित्ता सेयर सकिन्छ ।

बाँकी रहने पौने चार लाख कित्ता सेयर फेरी एक लाख ५९ हजार बढी आवेदकलाई दामासहिले बाँड्दा २ कित्ता थप सेयर पाउने छन् । यसरी हेर्दा हिमालयन पावरका साधारण सेयरधनीले बढीमा १२ कित्ता सेयर पाउने देखिन्छ । नयाँ निर्दे्शिका लागु भए पछि हिमालयन पावरको साधारण सेयर पहिलो पटक बाँडफाँड हुन लागेको हो ।

हाल हिमालयन पावरको जारी पुँजी एक अर्ब छ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकोे छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।