logo

हिमालयन पावरद्धारा सबैलाई १२ कित्ता सेयरको आईपीओ

    1350   पटक पढिएको

६ असार / अर्थ र व्यापार - हिमालयन पावर पार्टनर कम्पनीको साधारण सेयरमा एक लाख ५९ हजार ७०७ जनाले आवेदन गरेका छन् । सेयर आवेदनको यो संख्याका आधारमा सबै आवेदकले १२ कित्ता सेयर पाउने देखिएको छ । आठ अर्ब २० करोड ८३ लाख सात हजार पाँच सय रुपैयाँ बराबरको सेयर माग गर्दै एक लाख ५९ हजार ७०७ वटा आवेदन परेकोे छ ।

कम्पनीको साधारण सेयरमा एक लाख ८ हजार ५८० जनाले आस्बा प्रणाली मार्फत ६ अर्ब २७ करोड ९८ लाख १४ हजार छ सय रुपैयाँ बराबरको आवेदन गरेका छन् । त्यस्तै परम्परागत प्रणालीबाट ५१ हजार १२७ जनाको आवेदनबाट एक अर्ब ९२ करोड ८४ लाख ९२ हजार नौं सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो तथ्याङ्क प्रारम्भिक मात्र हो । केही बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बाको विवरण आउन बाँकी रहेकोे छ । उक्त विवरण आएपछि सेयर आवेदनको विवरण परिमार्जन हुने छ । कम्पनीको साधारण सेयरमा आवेदन गर्नेको संख्या दुई लाख ननाघ्ने भएपछि ३० दिनमा सेयर बाँडफाँड हुने पक्का भएको छ । जस अनुसार आगामी साउन ४ गते सेयर बाँडफाँड गरिने छ । साउनमा सेयर बाँडफाँड गर्दा नयाँ निर्दे्शिका लागू हुने छ ।

२१ लाख ३० हजार ८३४ कित्ता आइपीओमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ८१ हजार ६७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

प्रारम्भिक तथ्याङ्क अनुसार एक लाख ५९ हजार ७०७ जना आवेदक रहेकोमा पहिलो चरणमा १० कित्ताको दरले अनिबार्य रुपमा सबै आवेदकलाई सेयर बाँडफाँड गरिनेछ । यसरी सेयर बाँड्दा झण्डै १६ लाख कित्ता सेयर सकिन्छ ।

बाँकी रहने पौने चार लाख कित्ता सेयर फेरी एक लाख ५९ हजार बढी आवेदकलाई दामासहिले बाँड्दा २ कित्ता थप सेयर पाउने छन् । यसरी हेर्दा हिमालयन पावरका साधारण सेयरधनीले बढीमा १२ कित्ता सेयर पाउने देखिन्छ । नयाँ निर्दे्शिका लागु भए पछि हिमालयन पावरको साधारण सेयर पहिलो पटक बाँडफाँड हुन लागेको हो ।

हाल हिमालयन पावरको जारी पुँजी एक अर्ब छ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकोे छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।