logo

कारोबार सुरु गरेको दश वर्षपछि मात्र संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न पाईने

    1339   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – अब बैंक तथा वित्तीय संस्थाहरुले कारोबार सुरु गरेको दशवर्ष पुगेपछि मात्रै संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । तर संस्थापक सेयर साधारणमा रुपान्तरण गर्दा संस्थापकको हिस्सा कम्तिमा ५१ प्रतिशत हुनुपर्ने छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ११ को उपदफा ४ को व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले चाहेमा संस्थापक समूहको सेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायम हुनेगरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।

यसको लागि बैंक तथा वित्तीय संस्थाहरुले कारोबार सुरु गरेको दश वर्ष पुगेको हुनुपर्नेछ । यसअघि कारोबार सुरु गरेको पाँच वर्ष पुगेपछि मात्रै ५१ प्रतिशत भन्दा बढी रहेको संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न सक्ने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आउँदा संस्थापक सेयरधनी ७० प्रतिशत तथा साधारण सेयरधनी ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ । कतिपयमा यस्तो अनुपात ८० संस्थापक र २० प्रतिशत साधारण पनि छ ।

पछिल्लो समय धेरैजसो संस्थामा ५१ प्रतिशत संस्थापक र साधारण सेयरको अनुपात ४९ प्रतिशतमा आइसकेको छ भने केहीमा साधारण सेयरको अनुपात बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।