logo

पूँजी बजारमा हुने अनैतिक कार्य रोक्ने सेबोन अध्यक्ष श्रेष्ठको दावी

    531   पटक पढिएको


२० मंसिर/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न आफुले कुनै हिचकिचाहट नगर्ने दाबी गरेका छन् । उनले जस्तोसुकै दबाव आएपनि आफुले पूँजी बजारमा हुने अनैतिक कार्य रोकेरै छाड्ने दावी गरे ।
बिहीबारबाट काठमाडौमा सुरु स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभा उद्घाटनको क्रममा बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले यस्तो दावी गरेका हुन् ।
यसका साथै उनले पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पु¥याउने प्रतिबद्धता व्यक्त गरे । पुँजी बजारलाई थप चलायमान बनाउन सम्पुर्ण लगानीकर्ताका साथै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले हाल पुँजी बजारमा आएको प्रगतिसँगै चुनौती पनि थपिएको बताए ।
बोर्डको कामलाई थप प्रभावकारी बनाउन सर्वसाधारण लगानी कर्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको भुमिका प्रसंसनीय रहेको बताए । उनले बजारमा हुने अनैतिक कार्यलाई रोक्न आफुले कुनै हिचकिचाहट नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकमा पैसा भए पनि सेयर बजार चलायमान हुन नसकेको बताए । अहिले समितिमा धितोपत्र ऐनसहित ५ वटा विधेयक आएको जानकारी गराउँदै उनले विज्ञहरुको सुझावका आधारमा अघि बढ्ने बताए । उनले सेयर बजारलाई सुरक्षित कारोबार गराउने गरि कानुन बनाउने बताए ।
अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले देशको ७० प्रतिशत सम्पत्ति १०० जनाको हातमा रहेको उल्लेख गरे । यसले अर्थतन्त्र माथि जान नसक्ने भन्दै उनले नयाँ मान्छेलाई बजारमा आउन नदिने हो भने बजारको विकास नहुने धारणा राखे ।
पुँजी बजारको विकास गर्न डिजिटलमा जानुको विकल्प नभएको भन्दै पौडेलले वित्तीय बजारको विकासका लागि नयाँ स्टक चाँहिने हो कि होइन भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष समेत रहेका पौडेलले बजार विकासका लागि ब्रोकर सम्बन्धी छुट्टै कानुन आवश्यक रहेको बताए । सरकारी बन्ड, ग्रिन बन्डमा जान आवश्यक रहेको भन्दै उनले बजारको विकासका लागि नियमन, सुपरिवेक्षण बलियो चाहिने बताए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले ऐन संशोधन गर्न समय लाग्ने, संशोधन भएपछि व्याख्या आफू अनुकुल हुने गरेको बताए । सेबोनलाई स्वायत्त बनाउन लाग्नुपर्ने सुझाव दिँदै उनले महासंघ र आईक्यान हटाउन खोज्नु गलत भएको बताए । बजार घट्दा धेरै चिन्ता हुने र बढ्दा ‘केकेन होला’ भन्ने चलन रहेको भन्दै उनले मार्जिन ट्रेडिङको सिमा कति राख्ने भन्ने निर्धारण सेबोनले गर्नुपर्ने, राष्ट बैंकले गर्न नहुने धारणा राखे । यसैगरी, उनले ब्रोकरले गल्ती गरे कारोबार रोक्ने, थुन्नेभन्दा पनि नगद जरिवाना गराउने व्यवस्था आवश्यक रहेको बताए ।
एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले लामो समयदेखि धितोपत्र ऐन संशोधनको क्रममा रहेको भन्दै त्यसलाई विशेष रुपमा हेरिदिन सेबोन अध्यक्षलाई आग्रह गरे । उनले बोर्डमा लामो समय अध्यक्ष नहुँदा रोकिएका काम अब द्रुत गतिमा अघि बढने अपेक्षा रहेको बताए । उनले खेलले विदेशमा रहेका नेपालीलाई जोडे जस्तै सेयर बजारले पनि जोड्न सक्ने धारणा राखे ।
एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले ब्रोकरलाई चुक्ता पुँजी थेग्नै नसक्ने गरि बढी भएको बताए । ब्रोकरको पुँजी बढेको भएपनि आम्दानीको स्रोत पुरानै रहेको उनको भनाइ थियो । नेपालका ब्रोकरले लिने कमिसन दक्षिण एसियाकै सस्तो भएको दाबी गर्दै उनले अहिले सय रुपैयाँ लगानी गर्नेले २१ पैसा मात्रै आम्दानी गर्ने गरेको जानकारी गराए ।
बिहीबार र शुक्रबार दुईदिन काठमाडौमा हुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभाले सो एसोसियसनको आगामी नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
दुई स्टक ब्रोकरको ‘मर्जर’पछि सुरु भएको साधारण सभामा शुक्रबार पहिलोपटक नयाँ नेतृत्व चयन हुन लागेको हो । गत २८ कात्तिकमा समानान्तर दुईवटा संस्थाबिच मर्जरमा जाने समझदारी भएको थियो । यहि साधारण सभापछि मर्जर प्रक्रियाले पूर्णता पाउनेछ ।
नेपाल धितोपत्र बोर्डले गत वर्ष नयाँ स्टक ब्रोकरहरूलाई लाइसेन्स दिएपछि आएका नयाँ स्टक ब्रोकरहरूले पुरानो संस्थामा ठाउँ नपाएको भन्दै ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’ नामक नयाँ संस्था गठन गरेका थिए । तर, दुईवटा संस्था संगठन हुँदा पूँजी बजार क्षेत्रको सवालको विषयमा आवाज एकत्रित हुन नसकेको भन्दै केही साता अघि मात्र यि दुई संस्था मर्जरमा जाने सम्झौता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।