logo

सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन मल्लिक समितिको सिफारिस , यो सिफारिसको प्रभाव सेयर कारोबारमा

    318   पटक पढिएको


४ असार/अर्थ र व्यापार – विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा समेत आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । आइतबार सार्वजनिक सो प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उल्लेख छ ।

व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।
जुन कर हालको भन्दा साढे २ प्रतिशतले बढी हो । हाल व्यत्तिले सेयर कारोबारमा १ वर्षभन्दा बढी अवधिको होल्डमा ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिको होल्डमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

यस प्रतिवेदनमा उल्लेखित सुझावअनुसार अब व्यक्तिले सेयर कारोबारबाट गरेको नाफालाई पनि वार्षिक आम्दानीको रुपमा गणना गरी अन्य व्यवसायसरह आयकरको व्यवस्था (हालको दर) अनुसार ३९ प्रतिशतसम्म कर अशुल गर्नुपर्नेछ ।
समितिले आफ्नो सुझावमा भनेको छ, ‘प्राकृतिक व्यक्तिले व्यवसायको रुपमा घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिदबिक्री गरिरहेकाले त्यस्तो सम्पत्तिको निसर्गबाट प्राप्त लाभलाई आयकर ऐन २०५८ को दफा ७ (२)(ग) अनुसार व्यवसायको आयको रुपमा गणना गर्ने र सो आयमा अन्य व्यवसाय सरह कर लगाउने ।
यसैगरी, यो प्रयोजनका लागि ३ सय ६५ दिनभित्र खरिद गरेको सम्पत्तिको वार्षिक कारोबार अंक तथा कारोबारको पटकको संख्याको सीमा तोकी त्यस्तो बिक्री तथा निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मान्ने व्यवस्था गर्ने भनिएको छ ।

समितिका अध्यक्ष विद्यासुन्दर मल्लिकले व्यक्तिका सबै किसिमका सेयर कारोबारमा आयकर अनुसार गणना गर्न नभनिएको बताएका छन् । ‘सेयर कारोबारलाई नै व्यवसाय बनाएका व्यक्तिलाई आयकर लगाउन भनिएको हो, त्यसमा पनि वार्षिक कारोबारको रकम तथा कारोबार संख्यालाई आधार तय गरेर मात्रै व्यवसायिक आय मान्न भनिएको हो ’ मल्लिकले भने ‘यसले नोक्सानीमा परेका बेला नोक्सानी पनि समायोजन हुन्छ, यो व्यवस्था लागू हुने हो भने धेरै लगानीकर्ताको पक्षमै हुन्छ ।’
मल्लिकको भनाइअनुसार वार्षिक आयको हिसावपछि नोक्सानीमा परेका बेला यो व्यवस्थाअनुसार कर तिर्नै पर्दैन । हाल व्यक्तिले नाफामा लाभकर तिर्ने तर नोक्सानी हुँदा त्यसमा समायोजन गर्न पाउने सुविधा छैन ।
कुनै लगानीकर्ताले एक वर्षभित्र होल्ड गरेको एउटा कम्पनीको सेयर बेच्दा १ लाख रुपैयाँ नाफा (पूँजीगत लाभ) पाउँछ तर, अर्को कम्पनीको सेयरमा सोही आवमा डेढ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ भने उसले हाल १ लाखको साढे ७ प्रतिशतका दरले ७ हजार ५ सय पूँजीगत लाभकर तिर्नैपर्ने व्यवस्था छ । तर, डेढ लाख रुपैयाँ नोक्सानीमा भने उसले कुनै क्षतिपूर्ति पाएको हुँदैन ।
यदि सो व्यक्तिले आयकर व्यवस्थाअनुसार कर तिरेमा उसले नोक्सानी ब्यहोरेको डेढ लाख रुपैयाँ अर्को वर्ष नाफाबाट घटाउन सक्नेछ । ‘व्यवसायिक रुपमा सेयर कारोबार गरेका लगानीकर्ताले नोक्सानीलाई पनि समायोजन गर्न पाउँछन्, अन्य देशहरुमा पनि यो व्यवस्था लागू छ’ मल्लिकले भने ।

उनले सेयर बजार घट्दा मार परेको भन्दै लगानीकर्ताले नै नोक्सानीलाई हेर्नुपर्ने भनी माग गरेकाले यो सुझावले त्यसलाई सम्बोधन गरेको बताए । हरेकजसो मुलुकमा धेरै रकम कमाउनेले धेरै कर तिर्नुपर्ने र थोरै कमाइ हुनेले थोरै तिर्ने व्यवस्था रहेकाले सुझावप्रति ठूला लगानीकर्ता डराउनु नपर्ने मल्लिकको भनाइ छ । सेयर लगानीकर्तालाई नोक्सानी परेका बेला अर्को वर्ष समायोजन गर्न सक्ने व्यवस्था सुझावमा समेटिएकाले यसले लगानीकर्ताको हित संरक्षण गर्ने उनले बताए ।

हालको आयकरको व्यवस्थाअनुसार वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्नेले ३९ प्रतिशत कर तिर्नुपर्दछ । यहीं कारण ठूला लगानीकर्ता त्रसित भएका छन् । व्यक्तिका हकमा वार्षिक ५ लाखसम्मको करयोग्य आयमा १ प्रतिशत, ५ देखि ७ लाखसम्मको आम्दानीमा १० प्रतिशत, ७ देखि १० लाखसम्मको आयमा २० प्रतिशत, १० देखि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत, २० देखि ५० लाखसम्मको आम्दानीमा ३६ प्रतिशत तथा ५० लाखमाथिको आम्दानीमा ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था छ ।

‘आयकरको स्ल्याब कति राख्ने भन्ने अलग सरकारको विषय हो, कस्ता प्रकृतिका आयमा कर लगाउने भनेर मात्रै हामीले सुझाव दिएका हौं, त्यसै क्रममा कसैले घरजग्गा कारोबारलाई व्यवसाय बनाएका छन्, कसैले सेयरलाई व्यवसाय बनाएका छन्, आम्दानी गरिसकेपछि उनीहरुले कर त तिर्नुप¥यो’ समिति अध्यक्ष मल्लिकले भने ।
सो समितिले दिएको सुझाव कार्यान्वयन हुनेमा शंका लागेको भन्दै ठूला लगानीकर्ताले यसको विरोध गरेका छन् । समितिले दिएको सुझाव वैज्ञानिक नभएको सम्बन्धीत सरोकारवालाहरुले दावी गरेका छन ।
‘यदि व्यक्तिले ठूलो आम्दानी सेयर बजारबाट गरेको सरकारलाई लाग्छ भने १ वर्षमा निश्चित रकमभन्दा बढीको कारोबार वा नाफा गर्ने व्यक्तिले अनिवार्य कम्पनी दर्ता गरेर कम्पनीमार्फत कारोबार गराउन सक्छ, अनि स्वतः आयकरमा जान्छ’ उनीहरुले भने । अन्यथा यो विवादित हुन जाने उनीहरुको भनाई छ ।

‘कुनै व्यक्तिले ऋण लिएर बजारमा गरेको लगानीबाट हुने आम्दानीमा उसले ब्याज घटाउनैपर्छ, अन्य खर्चहरु पनि लागेका हुन्छन्, हिसावकिताव सही रुपमा देखिन्छ÷देखिँदैन, नियमन कसरी गर्नेजस्ता थुप्रै झन्झटिला विषय रहेको भन्दै उनीहरुले यही कारण ठूला कारोबारीलाई आयकरमा ल्याउन चाहेको हो भने सीमा तोकेर कम्पनीका रुपमा जानुपर्ने व्यवस्था गर्न माग गरेका छन ।
यदि व्यक्तिको सेयर कारोबारबाट हुने आम्दानीलाई आयकर मानेर ३९ प्रतिशतसम्म कर लगाउने हो भने यसले बजारलाई आघात पुग्ने लगानीकर्ताहरुको दावी छ । यसअघि विभिन्न ऐनमा पूँजीगत लाभकर नै अन्तिम भनेर व्याख्या गरिएको, लगानीकर्तालाई अर्थ मन्त्रालयले गरेको प्रष्टिकरणमा पनि सोही उल्लेख भएकाले सरकारले तत्काललाई यो सुझाव कार्यान्वयन गर्न नसक्ने उनीहरुको दावी छ । आयकर ऐन २०५८ को ९५ (क)मा सेयर कारोबारमा व्यक्तिबाट हाल असुल भइरहेको पूँजीगत लाभकर अग्रिम रुपमा संकलन गर्नुपर्ने व्यवस्था छ । यो ऐनमा पूँजीगत लाभकरलाई अन्तिम भनिएको छैन ।

यहीं व्यवस्थामा पूँजीगत लाभकर नै अन्तिम हुने व्याख्या गराउन लगानीकर्ताले चाहिरहेका छन् । ‘पूँजीगत लाभकर अल्पकालीन, दीर्घकालीन लगानीकर्ता वा संस्थालाई कति लगाउने भन्ने विषय सरकारले नै तय गरिरहेको छ, सरकारले चाहेका बेला घटबढ गराउन सक्छ, त्यसकारण अब आयकर ऐनमा नै पूँजीगत लाभकर अन्तिम हुने व्याख्या गरिनुपर्ने उनीहरुको भनाई छ । उनीहरुले अब यसको प्रभाव सेयर बजारमा देखिने समेत बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।