logo

सेयर बजारमा लगानीकर्ताको आकर्षण उच्च, डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो

    1030   पटक पढिएको

१९ फागुन/अर्थ र व्यापार – पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण अत्यधिक रुपमा बढेर उच्च भएसँगै अहिले हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मंगलबारसम्म कुल ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् । चालु आर्थिक वर्षको वितेका पछिल्लो चार महिनामा मात्र थप ४ लाख जनाले डिम्याट खाता खोलेका छन् । गत कात्तिकको तेस्रो सातासम्म कुल ४६ लाखले यस्तो खाता खोलेका थिए ।
हाल मुलुकको सेयर बजारमा सर्वसाधारणको सहभागिता यसरी बढेपछि अहिले सरकारले सेयर धितो कर्जालाई थप कडाई गरेको छ । यस्तो अवस्थामा पनि हाल सेयर भर्नेहरुको पहुँच दुर्गम गाउँको सामान्य किसान र मजदुर परिवारसम्म पुगिसकेको छ । अहिले यस्ता सामान्य सर्वसाधारण लगानीकर्ताले आफ्नो घरमै बसेर मोबाइल मार्फत सेयर खरिद विक्री गरिरहेका छन ।
गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको संख्यामा रहेको डिम्याट खाता खोल्नेहरुको संख्या अत्यधिक रुपमा बढेर चालु आवको १७ वितेका साढे ८ महिनाको अवधी १६ फागुनसम्ममा ५० लाख जना नाघेको छ ।
सीडीएससीका अनुसार अहिले सेयर बजारमा प्रयोग हुने यस्तो डिम्याट खाताको संख्या कुल ५० लाख ७ हजार २४२ जना पुगेको हो । सीडीएससीले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार डिम्याट खाताका साथै मेरो शेयर खाताको संख्या समेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या पनि बृद्धि भएर ४१ लाख नाघेको छ ।
गत असार मसान्तसम्म कुल २८ लाख ५५ हजार रहेको मेरो शेयरको संख्या बढेर यो अवधीमा ४१ लाख १९ हजार भन्दा बढी रहेको छ । यसैगरि, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा शेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या गत आवको अन्त्यमा ७८ रहेकामा अहिले त्यस्तो सदस्य संख्या पनि बढेर ८२ पुगेको सीडीएससीले जनाएको छ । सेयर बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाई छ ।
प्राथमिक बजारतर्फ प्राथमिक निष्काशन, हकप्रद निष्काशन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्काशन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आइपिओे निष्काशनमा भाग लिनेको संख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाख भन्दा बढीले आवेदन गर्दै आएका छन् ।
पछिल्लो समय मुलुकमा देखिएको सूचना प्रविधिको पहुँच विकास र विस्तारले सेयर बजारमा कारोबार गर्नेको संख्या उल्लेखनीय रुपमा बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । हाल बोर्ड लगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट सेयर बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् । बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू, उपत्यका बाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू भएसँगै अहिले मुलुकको सेयर बजारमा सर्वसाधारणको सहभागिता एवं आकर्षण उत्साहजनक रहेको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यस्तो खाता खोल्नेको संख्या बढ्दै गएपनि कतिपय खाताहरु निष्क्रिय रहेको पाइन्छ । यसैगरि, एउटा व्यक्तिले दुई वटा खाता पनि खोलेको हुन सक्छन् । त्यसैले पनि प्राथमिक सेयर (आईपीओ) भर्नेको संख्या भने करिब २७ लाख हुने गरेको छ । यसैगरि, आईपीओ भर्नका लागि प्रयोग हुने अनलाइन प्रणाली ‘मेरो सेयर’मा कुल ४१ लाख ९० हजार आवेदक दर्ता भएको सीडीएससीले जनाएको छ ।
के हो डिम्याट खाता ?
डिम्याट भनेको अंग्रेजी शब्द ’डिमेट्रिलाइज्ड्’ को छोटो रुप हो । यसको नेपाली अर्थ अभौतिक हुन्छ । भौतिक अर्थात कागजी सेयर प्रमाणपत्रलाई अभौतिक एवं अनलाइन प्रणालीको व्यवस्था गरिनु नै डिम्याट खाता हो ।
सीडीएससीका अनुसार सेयर जम्मा गर्ने अनलाइन प्रणाली नै डिम्याट खाता हो । डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट एवं (डीपी) सेवाकालागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधि लगायत संघसंस्थाले धितोपत्र बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरिरहेका छन् । आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ’डिम्याट’ खाता खोल्न सकिन्छ । जसका लागि सम्बन्धीत व्यक्तिको नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । नाबालकको लागि भने संरक्षकको नागरिक्तासँगै जन्मदर्ता प्रमाणपत्र चाहिन्छ । डिम्याट खाता खोल्दा सम्बन्धीत कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ ।
बढ्दो सूचना प्रविधीको पहुँचसँगै डिम्याट खाताको व्यवस्था भएपछि हाल कागजी प्रमाणपत्र छपाई तथा कारोबार हटेको छ । सेयर खरिद गर्नेहरुले अनलाइन प्रणलीबाट सिधै डिम्याट खातामा पाउने र बेच्नेको खाताबाट घट्ने गरेको छ । हाल यस्तो खाता विभिन्न बैंक वा उनीहरुका सहायक कम्पनीहरुमा सहजै खोल्न सकिन्छ । यसैगरि, कतिपय ब्रोकर कम्पनीले पनि डिम्याट खाता खोलिदिने गरेका छन् । यस्तो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात (डीपी) भनिन्छ । यस्तो डीपीको संख्या पनि अहिले बढेर ८२ वटा पुगेको छ । यि ८२ संस्थाहरु मध्ये जुनसुकैमा डिम्याट खाता खोल्न सकिन्छ ।
डिम्याट खाता खोलिसकेपछि डिम्याट खाता नम्बर प्राप्त हुन्छ । तिनै संस्थामा आईपीओ भर्नका लागि आवस्यक अनलाइन प्रणाली ‘मेरो सेयर’को युजरनेम र पासवर्ड लिन सकिन्छ । त्यो युजरनेम र पासवर्ड प्रयोग गरी अनलाइन प्रणाली मेरो सेयर मार्फत आईपीओ भर्न सकिन्छ । यसैगरि, आफ्नो खातामा भएको सेयर पनि हेर्न र बेचिसकेपछि ट्रान्सफर गर्न पनि सकिन्छ । हाल यस्तो डिम्याट खाता नभएसम्म आईपीओ पनि भर्न पाइँदैन र दोस्रो बजारबाट सेयर खरिदविक्री गर्न पनि पाईने छैन ।
भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले हाल डिम्याट सेयर मात्र कारोबार भईरहेको हो । यो व्यवस्था लागू भएसँगै हाल प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ । अहिले यहाँहरुलाई परेको सेयर यहाँहरुको डिम्याट खातामा सीधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । जसकालागि सीआरएन नम्बर चाहिन्छ । खाता रहेको बैंक तथा वित्तीय संस्थाले सीआरएन नम्बर उपलब्ध गराउँछन् । अहिले यो अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।