logo

बिर्तामोडमा खुल्यो 'सिद्धार्थ ग्राण्ड सिटी होटल, पर्यटन मन्त्री भट्टराईद्धारा उद्घाटन  

    3955   पटक पढिएको

 १४ मंसिर/अर्थ र व्यापार– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ ।

होटलको शनिबार पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भटटराईले उद्घाटन गरे । सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो। होटल उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा विस्तार गर्दै पूर्वी नेपाल आएकोमा खुशी व्यक्त गरे ।

बिर्तामोडको मुख्य बजारमा संचालनमा आएको तीनतारे स्तरीय होटल ग्रान्डसिटीमा ५१ वटा कोठा छन् । स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टपसहित ५ वटा रेष्टुरेन्ट रहेका छन् ।

कम्पनीले बिर्तामोडमा तीनतारे स्तरीय होटल संचालनपछि पूर्वी नेपालमा पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतको पश्चिम बंगालका पर्यटकलाई समेत आकर्षित गरिने होटलले जनाएको छ ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ । 

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।