logo

सुनको मूल्य एकैदिन २४०० रुपैयाँले घट्यो, प्रतितोला १ लाख ६२ हजार ६ सय

    602   पटक पढिएको

२७ कात्तिक/अर्थ र व्यापार – यो साताको दोस्रो दिन मंगलबार पनि छापावाल सुनको मूल्य घटेको छ । सोमबारको भन्दा छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार एक हजार रुपैयाँले घटेर प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। आइबार प्रति तोला एक लाख ६६ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि घटेको छ । चाँदी ३० रुपैयाँ घटेर प्रति तोला एक हजार ९ सय २५ रुपैयाँमा आइपुगेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँ घटेर कारोबार मूल्य प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ । गत सातासम्म उच्च हुँदै गएको सुनको भाउ यो साता घट्दै प्रति औंस २६ सय १७ दशमलब ५ डलरमा आइपुगेको छ । सोमबार प्रति औंस २६ सय ७० दशमलब १६ डलर र आइतबार प्रतिऔंस २६ सय ८४ दशमलब ६४ डलर थियो ।
यसैगरी, चाँदीको मुल्य पनि प्रतिऔंस ३०.५८ डलर छ । सोमबार ३१.२१ डलरले कारोबार भएको थियो । अन्तर्राीष्ट्रय बजारमा देखिएको यस्तो प्रभाव सोझै नेपाली बजारमा पनि पर्ने नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।