२३ वैशाख/अर्थ र व्यापार – सुनको बजार मुल्य एकैदिन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो ।
सो मुल्य भन्दा मंगलबार एकैदिन नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुनको मुल्य मंगलबार प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेको महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ ।
तपाईको प्रतिक्रिया