logo

सुनको भाउ अकासिएर नयाँ रेकर्डमा, प्रतितोला १ लाख ७५ हजार २ सय पुग्यो

    427   पटक पढिएको


५ चैत/अर्थ र व्यापार– यस साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ अकासिएर नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हो ।
बढेको नयाँ मुल्य अनुसार छपावाल सुनको मुल्य प्रतितोला १ लाख ७५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसदिन सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो।
पछिल्लो समय दैनिक बढेको सुनको मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च रेकर्ड भएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदीको मुल्य प्रतितोला २ हजार ५० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।