४ फागुन/अर्थ र व्यापार – आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो कारोबारदिन शुक्रबार प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आइतबार भारी गिरावट आएर प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको छ ।
सुनचाँदी व्यवसायी महासंघले जानकारी गराए अनुसार आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ आइतबार १ हजार ९ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया