३१ भदौ/अर्थ र व्यापार – नेपाली बजारमा छापावाल सुनको मूल्य बढ्दै हालसम्मकै उच्च मूल्यमा पुगेको छ । मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढी हो । यसअघि सोमबार १ सय रुपैयाँ बढ्दै प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस साताको पहिलो कारोबार दिन गत आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ थियो । मंगलबार सुनको मूल्य बढेसँगै असल चाँदीको मूल्यपनि हालसम्मकै उच्च विन्दुमा बढेछ । अघिल्लो दिनका तुलनामा प्रति तोला २० रुपैयाँ बढेर मंगलबार प्रतितोला २ हजार ५ सय ९५ रुपैयाँ भएको छ । सोमबार ५ रुपैयाँ बढेर प्रति तोला २ हजार ५ सय ७५ रुपैयाँ भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै मंगलबार प्रति औंस ३६८३.०६ डलर पुगेको छ । सोमबार प्रतिऔंस ३६४५.६४ डलर थियो । चाँदी पनि बढेर प्रतिऔंस ४२.६८ डलर भएको छ ।
तपाईको प्रतिक्रिया