logo

सहज रुपमा सामान आयात नभए व्यवसायीले चिनियाँ नाकामै धर्ना दिने

    2859   पटक पढिएको

 
२६ कात्तिक/अर्थ र व्यापार– नेपाल राष्ट्रिय व्यवसायी महासंघले लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

मंगलबार महासंघका अध्यक्ष नरेश कटुवालद्धारा जारी प्रेस विज्ञप्तिमा सरकारले तत्कालै समस्या समाधान नगरे चिनियाँ नाकाहरुमा पुगेर धर्ना दिने उल्लेख गरिएको छ । 

महासंघद्धारा जारी विज्ञप्तिमा नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिनुमा नेपाल सरकारले कुटनितिक पहलको प्रयास गर्न नसकेको उल्लेख गरेका छन् । 

अध्यक्ष कटुवालले नाकाहरुमा अहिले पनि धेरै कन्टेनरहरु रोकिएका छन्, तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको बताए । 

महासंघका अनुसार नाकाहरुमा पछिल्लो समय कन्टेनरको अत्यधिक भाडा वृद्धिसमेत भएको छ । साथै लामो समयदेखि रहेको सिण्डिकेट समेत अन्त्य हुन नसकेको महासंघले उल्लेख गरेको छ । 

महासंघले दसैँअघि नै सामान छुटाउन सरकारका विभागीय मन्त्री, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको ध्यानाकर्षण गराएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।