logo

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घट्यो 

    1928   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार– बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

अन्तराष्ट्रिय बजारमा आज बिहान सुन प्रतिऔंस १८६४.२४ अमेरिकी डलर र चाँदी २४.२२ डलरमा कारोबार भएको छ । 

तिहारपछिको पहिलो कारोबार दिन बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य बिहिवार पनि ७ सय रुपैयाँले ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै तोलाको एक हजार २ सय १५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

कोभिड–१९ ले विश्व अर्थतन्त्र सुस्त हुँदा ठूला अन्तरराष्ट्रिय लगानीकर्ताले सुनचाँदीमा लगानी गर्दा नेपाली बजारमा सुनको मुल्य तोलाको एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो । उक्त विन्दुबाट ओरालो लाग्दै तोलाको ९४ हजारसम्म ओर्लिएको थियो । 

फाइजरले कोभिड–१९ को भ्याक्सिन ९० प्रतिशत  सफल भएको समाचार आएसँगै घट्न थालेको हो । उक्त खबर बाहिरिएको भोलिपल्ट नेपाली बजारमा एकैदिन सुन तोलामा ३४ सय रुपैयाँले सस्तिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।