logo

आयकर नतिर्ने २ लाख ८० हजार करदातालाई फागुनसम्म छूट लिने मौका 

    3021   पटक पढिएको


१० मंसिर/अर्थ र व्यापार– सरकारले विगत ६ वर्षयता आय विवरण पेश नगर्ने र कर नतिर्ने २ लाख ८० हजार ६ सय ३८ करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न पुनः मौका दिएको छ । 

आन्तरिक राजश्व विभागले आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने र कर नतिर्ने करदाताका लागि फागुनसम्मको मौका दिएको हो ।

आर्थिक ऐनले आय विवरण पेश नगर्ने वाषिर्क ५० लाख रुपैयाँसम्म कारोबार गर्ने करदाताले आर्थिक वर्ष २०७३/७४-२०७५/७६ सम्मको आय विवरण कुझाउनु पर्ने छ ।

उक्त आय विवरण अनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम फागुन २०७७ सम्म बुझाएमा सो भन्दा अघिल्ला वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने गरी छूट दिएको छ । छूट पाएको रकममा लाग्ने आयकर, शूल्क तथा बाँकि ब्याजसमेत मिनाहा हुने भएको छ ।

५० लाख भन्दा माथिको वार्षिक कारोबार गर्ने करदातालाई भने आर्थिक वर्ष २०७३र७४ भन्दायता कर विवरण र त्यस अनुसारको आयकर नबुझाएमा फागुनसम्म आय विवरण अनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । त्यस अवस्थामा बाँकि ब्याज र अतिरिक्त शुल्क मिनाहा हुने भएको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटेल रेष्टुरेन्टससम्म छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।