logo

सुनको भाउ एकै दिन तोलामै ४ हजार रुपैयाँ घट्यो, चाँदीको पनि ५५ रुपैयाँ घट्यो

    465   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा रहेको अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक भइसक्दा एकै दिन छापावाल सुनको मुल्य नेपाली बजारमा प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम के कस्तो आउने भन्ने अन्योलकाबीच धमाधम सुन खरिदमा लगानी गरिरहेका उपभोक्ता सो निर्माचनको मतपरिणाम सार्वजनिक भएर ट्रम्प राष्टपतिमा पुनः निर्वाचित भएपछि बिहीबार नेपाली बजारमा एकैदिन यतिधेरै सुनको मुल्य घटेको हो ।
यसदिन नेपाली बजारमा सुनको कारोबार मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यसअघि ३ सय रुपैयाँ बढ्दा बुधबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ भएको थियो । लगातार बढेको सुनको मूल्यमा लामो समयपछि यस्तो गिरावट आएको हो । अघिल्लो दिन मंगलबार पनि सुनको मुल्य घटेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
गत साता मात्र नेपाली बजारमा छापावाल सुनको मूल्य अत्यधिक बढेर नयाँ कीर्तिमान कायम गर्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
बिहीबार चाँदीको मुल्य पनि घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । गत मंगलबार २ हजार ३० रुपैयाँ पुगेको चाँदीको कारोबार मूल्य बुधबार १५ रुपैयाँ घटेर प्रतितोलाको २ हजार १५ रुपैयाँ भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २६ सय ६० दशमलब ११ डलरले कारोबार भइरहेको छ । बुधबार प्रति औंस २७ सय ४१ दशमलब ६८ डलर थियो । चाँदी ३२ दशमलब ३२ डलरबाट घटेर प्रतिऔंस ३१ दशमलब १४ डलर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।