५ भदौ/अर्थ र व्यापार – बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको हो ।
बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मुल्य बढेर बुधबार छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । यसअघि गत २ भदौमा सुनको मूल्य प्रतितोलामा १ लाख ५२ हजार ६०० थियो । सो रेकर्ड तोड्दै बुधबार नयाँ रेकर्ड बनेको महासंघले जनाएको छ ।
महासंघका अनुसार यसदिन चाँदीको मूल्य पनि प्रतितोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया