logo

फेरि इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो,ग्यास र हवाई इन्धनको मूल्य यथावत्

    816   पटक पढिएको

४ बैशाख/अर्थ र व्यापार – नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले फेरि मूल्य बढाएको हो । निगमले भारतबाट खरिद गर्ने क्रममा नै भाउ भढेको भन्दै यसअघि प्रतिलिटर ४ रुपैयाँ पेट्रोलको मूल्य पढाएको १५ दिनको अवधिमा फेरि यो मूल्य समायोजन गरेको जनाएको छ यसअघि निगमले गत १ अप्रिलमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको थियो । त्यसको १५ दिन नबित्दै अहिले फेरि प्रतिलिटर थप ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।  

निगमले ढुवानी लागत खर्चका आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरी भिन्दाभिन्दै मूल्य तोकेर मुलुकभर इन्धन बिक्रीवितरणको व्यवस्था मिलाउँदै आएको छ । 

सोही व्यवस्थाबमोजिम समायोजन गरिएको नयाँ मूल्यअनुसार यो मूल्य तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालयलगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ । 

यसअघि काठमाडांैमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ थियो । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७७ रुपैयाँ पर्नेछ । 

यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७४ थियो । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ ।  यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा थियो ।

मंगलबारदेखि नै बढाइएको नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दीपालयलगायतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६१ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १ सय ५९ रुपैयाँ थियो । 

यसपालि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यबमोजिम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९६ पैसा बढेको र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेर आएको थियो । यसरी बढेर आएको खरिद मूल्यअनुसार नै निगम सञ्चालक समितिले सोमबार नयाँ मूल्य समायोजन गरेको हो । 

निगम सञ्चालक समितिले हाललाई पेट्रोल, डिजल र मट्टितेलको मूल्यबाहेक खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ । 

यसभन्दा अघि हरेक १५÷१५ दिनमा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गर्दै आएको थियो । अहिले पुनः मूल्य बढेपछि उपभोक्ता थप मारमा परेका छन् ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।