२६ चैत/अर्थ र व्यापार – सुनको मुल्य अत्यधिक बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार प्रतितोला ६ सय रुपैयाँले मुल्य बढेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मुल्य बढेर प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यसदिन असली चाँदीको मुल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार नेपालको बजारमा छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सुनको मूल्यसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमबार बढेर १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।
तपाईको प्रतिक्रिया