२५ चैत/अर्थ र व्यापार – सुनको भाउ आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य नेपालको इतिहासमा हालसम्मकै उच्च मुल्य हो ।
अघिल्लो दिन शुक्रबार सुनको मूल्य केही घटेर प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बिहीबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको थियो ।
दैनिक सुनको भाउले नयाँ रेकर्ड बनाउँदै गएसँगै आइतबार असल चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ६सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया